बैंकको आधार सेयरमूल्य भने ४९२ रुपैयाँ रहेको छ । बैंकले फागुन २ गतेदेखि दश प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
बैंकले हकप्रद प्रयोजनका लागि माघ २२ गते सोमबारदेखि सेयरधनी दर्ता पुस्तिका बन्द गर्देछ । माघ २१ गतेसम्म कायम र साविकका सेयरधनीले मात्र बैंकको हकप्रदमा आवेदन गर्न पाउनेछन् ।
हकप्रद शेयरपछि बैंकको चुक्ता पूँजी सात अर्ब ५० करोड ८७ लाख पुग्नेछ । बैंकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरिसकेको छ । बोनस र हकप्रद पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब ४५ करोड नाघ्नेछ ।