किसान माइक्रोफाइनान्सको खुद नाफा एक करोड घट्यो

Feb 05, 2018 Merolagani

किसान माइक्रोफाइनान्स वित्तीय संस्था (KMFL) को खुद नाफा एक करोड एक लाख रुपैयाँले घटेको छ । गत बर्ष दोस्रो त्रैमासमा एक करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा १९ लाख ६४ हजार कायम भएको हाे ।

चार करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा भने साढे २९ प्रतिशत बढेर दुई करोड ३८ लाख पुगेको छ । यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि गत बर्षभन्दा ५१ लाख रुपैयाँले घटेर दुई करोड ३६ लाख ५२ हजार रुपैयाँमा झरेको छ । 

लघुवित्तले २० करोड ४२ लाख निक्षेप संकलन गरि ८५ करोड ५३ लाख कर्जा प्रबाह गरेको छ । लघुवित्तको निष्कृय कर्जा २.३१ प्रतिशतमा बढेको छ । उसले कर्जा जोखिम वापत कम्पनीले २९ लाख ६८ हजार नोक्सानी व्यवस्था गरेको छ भने १२ लाख १२ हजार खराब कर्जा उठाएको छ । 

कर्मचारी खर्च ७५ लाख बढेर दुई करोड २४ लाख पुगेको छ भने अन्य सञ्चालन खर्च १७ लाख ८६ हजार बढेर एक करोड पुगेको छ । खर्च वृद्धि भएपछि लघुवित्तको सञ्चालन नाफा एक करोड २१ लाखबाट ८४.५३ प्रतिशले घटेर १८ लाख ७४ हजार रुपैयाँमा सीमित भएको छ ।

लघुवित्तको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ९१ पैसा र प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ६८ पैसा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।