सोमबार बिहान सेयर मूल्य समायोजन गरिएको सूचना नेप्सेमा आएको थियो । यद्यपी हकप्रदको साटो १० प्रतिशत बोनस समायोजन हुँदा सेयर मूल्यमा १० रुपैंयाको अन्तर पर्न गयो । त्यस लगत्तै बजार खुलेपछि नेप्सेले उक्त समायोजनलाई सच्याउन सकेन ।
अन्ततः उसले बोनसका रुपमा समायोजन भएको नयाँ सेयर मूल्यलाई स्थगित गरेर बैंकको सेयर कारोबार नै रोक्का गरेको हो । नेप्सेले सोमबार बिहान बैंकको १० प्रतिशत बोनस पछि प्रतिकित्ता सेयर मूल्य ३३६ रुपैंया कायम भएको सूचना प्रवाह गरेको थियो । हकप्रद नभई बोनस समायोजन भए पछि उसले तत्काल सूचना हटाएको थियो ।
मंगलबार नेप्सेले बैंकको १० प्रतिशत हकप्रद समायोजन गरि बैंकको प्रतिकित्तना सेयर मूल्य ३४६ रुपैंया निर्धारण गर्नेछ । योसँगै बैंकको सेयर कारोबार पनि सुचारु हुनेछ ।
सोमबार नेप्सेमा सिद्धार्थको सेयरमूल्य समायोजन भए पछि प्रकाशित सामग्री .....
...[सिद्धार्थ बैंकको सेयरमूल्य समायोजन]...