पञ्चकन्या हाइड्रोको आइपिओमा आवेदन गर्ने आज अन्तिम दिन

Feb 06, 2018 merolagani

पञ्चकन्या माइ हाइड्रो (PMHL) ले निष्कासन गरेको ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता साधारण सेयर (आइपिओ) मा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित इलामका स्थानिय बासिन्दाका लागि माघ ५ गतेदेखी उक्त सेयर निष्कासन गरेको थियो ।



कम्पनीले आयोजना प्रभावित क्षेत्र सन्दकपुर गाउँपालिका र ट्रान्समिसन लाइन जडान गरिने इलाम नगरपालिकाका बासिन्दाका लागि उक्त सेयर जारी गरेको हो। अहिले जारी भएको ११ लाख कित्ता सेयरमध्ये इलाम जिल्लाको सन्दकपुर गाउँपालिका बासीलाई ६० प्रतिशत अर्थात ६ लाख ६० हजार कित्ता र इलाम नगरपालिकाका स्थानियलाई ४० प्रतिशत अर्थात ४ लाख ४० हजार कित्ता सेयर वितरण गरिनेछ ।

साधारण सेयर जारी गर्नका लागि कम्पनीले सनराइज क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई संयुक्त रुपमा बिक्री प्रबन्धकको जिम्मेवारी तोकेको छ । स्थानियले सनराइज बैंक र प्रभु बैंकका इलाम शाखा, सन्दकपुर गाउँपालिकाको कार्यालय तथा पञ्चकन्या माईको साइट कार्यालयबाट समेत आवेदन गर्न सक्नेछन् ।

सेयरमा न्यूनतम २० कित्ता अर्थात दुई हजार रुपैयाँदेखि अधिकतम ५ हजार ५०० कित्ता अर्थात ५ लाख पचास हजार रुपैयाँ सम्मका लागि आवेदन गर्न पाउने व्यवस्था गरिएको छ । साधारण सेयरमा आवेदन गर्ने अन्तिम दिन माघ २३ गते रहेको छ ।

स्थानीय बासिन्दाका लागि जारी पुँजीको १० प्रतिशत रकमको आइपीओ बिक्री गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि १६ करोड ५० लाख रुपैयाँको १६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्नेछ । स्थानीय र सर्वसाधारणलाई गरेर कम्पनीले कुल २७ करोड ५० लाख रुपैयाँ बराबरको प्राथमिक निष्कासन गर्नेछ ।

कम्पनीले इलामको माबु, माईमझुवा, र सुलुबुङ्ग गाविसमा अप्पर माई जलविद्युत आयोजनाबाट १२ मेगावाट क्षमताको अपरमाई हाइड्रापावर आयोजना सञ्चालनमा छ । त्यस्तै कम्पनिको बनाउँदै गरेको ६ दशमलव १ मेगावाटको कास्केड आयोजना पनि निर्माणको अन्तिम चरणमा पुगेको छ ।

कम्पनीले निर्माण गरेको माथिल्लो माई ‘सी’ले गत साउनदेखि विद्युत् उत्पादन गरिरहेको छ । यसअघि निर्माण भएको १२ मेगावाट क्षमताको माथिल्लो माई पनि सञ्चालनमा रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।