एशियन लाइफको ५० प्रतिशत हकप्रद फागुन १३ गतेदेखि बिक्रीमा आउने

Feb 06, 2018 merolagani

बीमा समितिको निर्देशन अनुसार दुई अर्ब चुक्ता पूँजी पुर्याउने क्रममा रहेको एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले फागुन १३ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर बिक्रीमा ल्याउने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ४० लाख २७ हजार ९६६ कित्ता सेयर बिक्री गर्न लागेको हो।

कम्पनीको सेयरमा दुई बराबर एकको अनुपातमा आवेदन गर्न सकिने छ । हकप्रद प्रयोजनका लागि कम्पनीले माघ ८ गते शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो ।जस अनुसार माघ ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका कम्पनीका सेयरधनीले मात्र हकप्रद सेयरका लागि आवेदन गर्न पाउनेछन् । उक्त हकप्रदमा आगामी फागुन १३ गतेदेखि चैत्र १८ गतेसम्म आवेदन गर्न सकिने कम्पनीले जनाएको छ । 

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआएबीएल क्यापिटल रहेको छ । कम्पनीका सेयरधनीले एनआएबीएल क्यापिटल, एशियन लाइफ इन्स्योरेन्सका सबै शाखा कार्यालय तथा धितोपत्र बोर्डबाट आस्वा सेवा अनुमति पाएका जुनसुकै बैंक तथा वित्तीय संस्थाहरु मार्फत आवेदन गर्न सक्नेछन् ।

गत आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस बितरण गरि चुक्ता ८० करोड ५५ लाख रुपैंया पुर्याएको इन्स्योरेन्सले ४० करोड २७ लाख रुपैंयाको हकप्रद बिक्री गर्न लागेको हो । उक्त हकप्रद निष्काशन पश्चिात कम्पनीको चुक्ता पूँजी एक अर्ब २० करोड ८३ लाख रुपैंया पुग्नेछ ।

बीमा समितिको निर्देशन अनुसार कम्पनीले ०७५ असारसम्ममा चुक्तापूँजी दुई अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ । तोकिएको पूँजी पुर्याउन कम्पनीले थप सवा ७९ करोड रुपैंया पूँजी बिस्तार गर्नु पर्ने हुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।