लघुवित्तले चालु बर्षको दोस्रो त्रैमास अर्थात पुष मसान्तसम्ममा ५३ लाख ९७ हजार खुद नाफा गरेको छ । जून गतबर्षको यसै अवधिको तुलनामा करिब ३० प्रतिशत बढी हो । गतबर्षको यही अवधिमा कम्पनीको खुद नाफा ४१ लाख ५६ हजार थियो ।
कम्पनीले पुष मसान्तसम्ममा २३ करोड २३ लाख निक्षेप संकलनका साथै ३८ करोड ४६ लाख सापट लिएर ६८ करोड ८७ लाख कर्जा लगानी गरेको छ । कम्पनीको निक्षेप, सापट तथा कर्जा रकममा समेत उल्लेखीय सुधार देखिएको छ ।
जसले गर्दा कम्पनीको खुद ब्याज आम्दानी समेत बढेको छ । यसअवधिमा कम्पनीले खुद ब्याज आम्दानीबाट २ करोड ९७ लाख आर्जन गरेको छ । यसअवधिमा कम्पनीको अन्य संचालन खर्च तथा कर्मचारी खर्च भने केही बढेको छ ।
साथै कम्पनीले गतबर्ष २.०२ प्रतिशतमा रहेको खराबकर्जालाई झारेर १.४९ प्रतिशतमा सिमित गरेको छ। यसअवधिमा कम्पनीले कुनै खराब कर्जा उठाएको छैन भने ३० लाख सम्भावित जोखिममा राखेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४२ पैसा तथा प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ३८ पैसा छ ।
यसअवधिमा कम्पनीको चुक्तापूँजी र जगेडामा समेत सुधार देखिएको छ । कम्पनीको चुक्तापूँजी ७ करोड रहेको छ भने जगेडाकोषमा २ करोड ४० लाख छ ।
कम्पनीले सर्वसधारणका लागि तीन करोड बराबरको तीन लाख कित्ता सेयर जारी गर्न बाँकी छ । संस्थाले माघ ९ गतेदेखि आईपिओ निष्कासन गर्न लागेको थियो । कम्पनीको वित्तीय विवरणमा गम्भिर कैफियत भेटिएको भन्दै धितोपत्र बोर्डले राष्ट्र बैंकको निर्देशनमा कम्पनीको आइपिओ स्थगन गराएको थियो ।
कम्पनीमा संस्थागत सुशासनमा समस्या देखिएको र कम्पनीले सार्वजनिक गरेका वित्तीय सूचकहरु अवास्तविक भएको राष्ट्र बैंकको भनाई थियो ।
वित्तीय विवरणमा गम्भिर कैफियत भेटिएपछि सामुदायिकको आईपिओ रोकियो
यता सामुदायिक लघुवित्तले राष्ट्र बैंकका अधिकारीहरुले नेपालको कुनै पनि ऐन र कानूनमा नभएको विषय उठाएर कम्पनीका सञ्चालकमा डर र त्रासको वातारण सिर्जना गरेर आइपिओ रोक्न निर्देशन दिएको विज्ञप्ती जारी गरेको थियो ।
कानून विपरित राष्ट्र बैंकले अाइपिअाे राेकेकाे सामुदायिक लघुवित्तकाे प्रस्टिकरण
७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ निष्काशन पश्चात चुक्ता पूँजी दश करोड रुपैयाँ पुग्नेछ । आइपीको निष्कासन पश्चात कम्पनीमा संस्थापक लगानीकर्ताको ७० प्रतिशत तथा साधरण लगानीकर्ताको ३० प्रतिशत सेयर स्वामित्व कायम हुनेछ ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त यस वित्तीय संस्थाले २०७० साल चैतबाट कारोवार गर्दै आएको । संस्थाका अहिले ३२ वटा शाखा रहेका छन् । लघुबित्तले १५ जिल्लामा वित्तीय कारोबार गर्दे आएको छ ।