हाम्रो विकास बैंकले प्रस्ताव गर्यो बोनस

Feb 06, 2018 merolagani

हाम्रो विकास बैंक (HAMRO) ले गत आर्थिक बर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको ७.३० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै बैंकले कर प्रयोजनका लागि १७ लाख ५८ हजार रुपैयाँ बराबरको नगद लाभांस समेत वितरण गर्ने भएको छ ।



बैंकको माघ २२ गते बसेको संचालक समितिको बैठकलले उक्त प्रस्ताव गरेको हो । प्रस्तावित लाभांस राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।

हाल बैंकको चुक्तापूँजी ४५ करोड ८७ लाख ५० हजार रुपैयाँ छ । जसमा ३ करोड ३४ लाख ८८ हजारको बोनस वितरण गरेपछि बैंकको चुक्तापूँजी ४९ करोड २२ लाख पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।