यसरी बढ्दैछ बैंकहरुको निक्षेप लागत, कर्जा निक्षेप अनुपात र आधार व्याजदर (तथ्यांकमा हेर्नुहोस्)

Feb 06, 2018 Merolagani

कोषको लागत तिब्र रुपमा बढेको बैंकहरुको कर्जा निक्षेप अनुपातमा तिब्र बृद्धि भएको छ । सरकारी खर्चमा भएको ढिलासुस्तीले चरम बनेको रकम अभावले बैंकहरुको व्याजदरमा उछाल आएको छ । यो अवस्था अझै भयावह हुने संकेत पनि देखिएको छ । आधार व्याजदरमा भने केही गिरावट आएको तथ्यांकले देखाउँछ । यहाँ हामीले पछिल्ला ३ वटा त्रैमासको तुलनात्मक अध्ययन प्रस्तुत गरेका छौं ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा सामान्य अवस्थामा रहेको बैंकहरुको कर्जा निक्षेप अनुपात अहिले राष्ट्र बैंकले तोकेको सीमा नाघ्ने अवस्थामा पुगेको छ । कोषको लागतमा आएको तिब्र बढोत्तरीले आधार व्याजदर पनि तिब्र गतिमा माथि चढेको छ ।

आर्थिक वर्षको अन्त्यमा सरकारी खर्च बढ्ने भएकाले उल्लेखित सूचकहरु गत आर्थिक वर्षको चौथो त्रैमासमा सामान्य अवस्थामा रहेका हुन् । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुगांना भन्छन्, ‘सरकारी खर्च हुन नसक्दा अहिलेको अवस्था आएको हो ।’

पछिल्ला तीन त्रैमासिक अविधमा बैंकहरुको कोषको लागत कति बढ्यो ? यो तथ्य हेरौं ।

कोषको लागत जति कम भयो वित्तीय संस्थाको आम्दानी त्यति नै धेरै हुने अवस्था रहन्छ । समग्र वित्तीय क्षेत्रबाट सेवा लिने सेवाग्राहीले पनि त्यसको फाइदा लिन सक्छन् । अहिले यो सूचक बढ्दा सेवाग्राही चर्को व्याजदरको मारमा परेका छन् । गत आर्थिक वर्षको चौथो त्रैमासमा वाणिज्य बैंकहरुके औषत कोषको लागत ५.२६ प्रतिशत रहेकोमा गत पुस मसान्तमा ६.६६ प्रतिशत छ । प्रत्येक बैंकहरुको ३ वटा त्रैमासको बढ्दै गएको लागत कोषको सूचक यस्तो छ ।

- Click on Image to enlarge

बैंकहरुको लागत कोषको औसतमा आएको बढोत्तरी यस्तो देखिन्छ ।

 

- Click on Image to enlarge

संघीय संरचना बिस्तारको क्रम पहिलो चरणमा छ । अर्कातिर केन्द्रीय सरकार गठनको प्रकृयामा देखिएको अन्यौलताले सरकारी खर्च अपेक्षित रुपमा हुन सकिरहेको छैन । जसका कारण अहिले बैंकिंग प्रणालीमा देखिएको समस्या उस्तै रहिरहने बैंकर्स संघका अध्यक्ष ढुंगाना बताउँछन् । ‘राजनितिक अन्यौलता धेरै भएका कारण आगामी दिनमा समस्या झनै बढ्ने अवस्था छ । यो अवस्थामा तत्काल नै सुधार हुने सम्भावना देखेको छैन ।’ ढुंगानाले भने ।

बैंकर्स संघका अध्यक्षको भनाईलाई यो तथ्यांकले पनि पुष्टि गर्छ । जहाँ बैंकहरुको कर्जा निक्षेप अनुपात निरन्तर माथि चढ्दै गएको छ । केही समय अघि बैंकर्स संघले व्याजदरमा एकरुपता ल्याउने सम्झौता गरेका कारण केही बैंकहरु कर्जा प्रवाह गर्नै नसक्ने अवस्थामा पुग्नबाट जोगिएका छन् ।

२८ मध्ये ६ वटा वाणिज्य बैंकको कर्जा निक्षेपको अनुपात ७९ प्रतिशतभन्दा माथि छ । अघिल्लो त्रैमासमा २ वटा बैंकहरु मात्र ७९ प्रतिशतभन्दा धेरै कर्जा निक्षेप अनुपातमा थिए । राष्ट्र बैंकले तोकेको ८० प्रतिशत नजिक भएका कारण अहिले ती बैंकहरु निक्षेप संकलनको तिब्र दवाबमा छन् । पछिल्ला ३ वटा त्रैमासमा वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपातमा आएको उतारचढाव यो तथ्यांकमा हेर्नुहोस् ।

- Click on Image to enlarge

कर्जा निक्षेप अनुपातको औसतलाई हेर्दा बैंकहरु अब व्यवसाय बिस्तार गर्ने नभई अहिलेको व्यवशायलाई चुस्त बनाउनेमा केन्द्रीत हुने देखिन्छ । केही बैंकहरु अझै पनि सहज रुपमा कर्जा परिचालन गर्न सक्ने अवस्थामा छन् । तर अधिकांश बैंकहरु निक्षेप संकलनलाई प्राथमिकतामा राखिरहेका छन् । गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकहरुको औसत कर्जा निक्षेप अनुपात ७३.९३ प्रतिशत रहेकोमा अहिले त्यो बढेर ७७.६० पुगेको छ ।

- Click on Image to enlarge

यसअघि नै यस्तो अनुपात ७९ प्रतिशत माथि रहेका बैंकहरुलाई सहज अवस्थामा रहेका बैंकहरुले विभिन्न उपकरण मार्फत सहयोग गरेर व्यवसाय सुचारु गराउन सघाएका छन् । तिब्र प्रतिष्पर्धामा मात्र होमिने बैंकहरुका बिचमा पछिल्लो समय देखिएको सहयोगी भावनाले गर्दा सेवाग्राहीले पनि निरन्तर सेवा पाइरहेका छन् । नत्र अहिले केही बैंकहरु कर्जा परिचालन पुरै बन्द गरेर तिब्र रुपमा निक्षेप संकलनमा प्रतिष्पर्धा गरिरहेका हुने थिए ।

बैंकहरुले ठुला ऋणीहरुको सहयोगमा एक बैंकबाट कर्जा अर्को बैंकमा सारेर दोस्रो त्रैमासमा समस्या टारेका हुन् ।

लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिगं भन्छन्, ‘ठुला ऋणीहरुको सहयोगले अहिले हामी लगायत धेरै बैंकहरुले कर्जा निक्षेप अनुपातलाई सन्तुलन गर्ने प्रयत्न गर्यौ र सफल पनि भयो । यसका अलावा बैंकहरु अहिले तिब्र प्रतिष्पर्धी नभई सहकार्यमा लागेकाले केही सहज भयो ।’

सहज अवस्थामा रहेका बैंकहरुले यस पटक समस्यामा पर्न लागेका बैंकहरुलाई सघाएपछि अवस्था केही सहज बनेको हो । एउटा संस्थामा म्याचुरिटीमा पुगेको लगानीलाई अर्को संस्थाले नविकरण गरिदिएर होस् वा अन्य उपकरणको प्रयोग गरेर होस् बैंकहरुलाई समस्याबाट मुक्त गराउन सहयोग गरे ।

बैंकहरुले गरेको सहकार्यको सकरात्मक असर बैंकहरुको कर्जा निक्षेप अनुपातका साथै आधार व्याजदरमा देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासबाट असोज मसान्तमा आईपुग्दा बैंकहरुको आधार व्याजदर तिब्र रुपमा बढेको तथ्यांकले देखाउँछ । त्यसपछिका दिनमा समस्या झनै बढ्दा पनि बैंकहरुको आधार व्याजदर बढेको छैन । केही स्थिर अवस्थामा छन् भने अधिकांशको घटेको छ । जसलाई तथ्यांकमा देखाइएको छ ।

- Click on Image to enlarge

औसतमा हेर्दा पनि बैंकहरुको आधार व्याजदर पहिलो त्रैमासको तुलनामा तल झरेको छ । जसका कारण सेवाग्राहीलाई केही राहत मिलेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकहरुको आधार व्याजदरको औसत ९.८२ प्रतिशत रहेकोमा गत असोज मसान्तमा ९.९५ प्रतिशत पुगेको थियो । पुस मसान्तमा आईपुग्दा यो तथ्यांक ९.९३ प्रतिशतमा झरेको छ ।

- Click on Image to enlarge

यद्यपी आगामी दिनमा बैंकहरु आक्रमक व्यवसाय गर्नसक्ने अवस्था नरहेको उल्लेखित तथ्यांकहरुले देखाउँछ । लक्ष्मी बैंकका प्रमुख कार्यकारी भन्छन्, ‘सामान्य अवस्थामा रहेर व्यवसायिक कृयाकलाप गर्न बैंकहरुलाई समस्या छैन । प्रतिष्पर्धा नभई सहकार्यको प्रयासले नै यो सम्भव भएको हो । नत्र केही संस्थाहरु अहिले चरम समस्यामा पर्ने थिए । यसमा राष्ट्र बैंक, बैंकर्स संघ लगायत सबै पक्षले सकरात्मक भुमिका निर्वाह गरेका छन् ।’

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।