नेपाल बैंकको आधार व्याजदर बीओके र एनसीसीको तुलनामा तल्लो विन्दुमा छ । जसका कारण बैंकले सस्तोमा कर्जा परिचालन गर्दै सस्तो व्याजमा नै निक्षेप संकलन गर्ने प्रस्ताव गरेको हो । एनसीसी र बीओके भने आधार व्याजदर महंगो भएका कारण महंगो व्याजदरमा नै कर्जा तथा निक्षेप परिचालन गर्ने बाटोमा गएका हुन् ।
नेपाल बैंकको आधार व्याजदर ६.९३ प्रतिशत छ । त्यसै गरी बीओकेको आधार व्याजदर १०.३५ प्रतिशत तथा एनसीसीको ११.४५ प्रतिशत छ । यही आधार व्याजदरमा नेपाल बैंकले अधिकतम साढे ५ प्रतिशतसम्मको प्रिमियम थप गरि कर्जा प्रवाह गर्ने बताएको छ । नेपाल बैंकको व्याजदरको विबरण यहाँ हेर्नुहोस् ।
बीओकेले पनि कर्जा प्रवाहमा अधिकतम ६ प्रतिशतसम्मको प्रिमियम थप गर्ने जनाएको छ । बैंकको व्याजदरको विबरण यहाँ हेर्नुहोस् ।
एनसीसीको अधिकतम प्रिमियम ७ प्रतिशतसम्म छ । बैंकको व्याजदरको विबरण यहाँ हेर्नुहोस् ।