आइएमई लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकास्योरेन्स सम्झौता

Feb 06, 2018 Merolagani

आइएमई लाइफ इन्स्योरेन्स र जनता बैंक बिच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा इन्स्योरेन्सका तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र जनता बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुवँर क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

सो सम्झौता पश्चात सर्वसाधरण तथा बैंकका गा्रहकहरुले जनता बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्समा जीवन बीमा गराउन सक्ने कम्पनीले जनाएको छ । साथै जीवन बीमा सम्बन्धी जनकारी पनि जनता बैंकबाट प्राप्त गर्न सकिने विज्ञप्तीमा उल्लेख छ ।

 

आइएमई लाइफ इन्स्योरेन्सले हाल ४२ स्थानमा रहेका शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बाल शिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण लगायतका बीमा योजना ल्याएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।