स्वावलम्वन लघुवित्तको सिइओको राजिनामा स्वीकृत,चन्द्रकान्त काफ्ले बने एक्टिङ सिइअाे

Feb 07, 2018 Merolagani

स्वावलम्वन लघुवित्त वित्तीय संस्था (SWBBL) को माघ २३ गते सम्पन्न सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत नरेशमान प्रधानको राजिनामा स्वीकृत गरेको छ ।

मंगलबार सम्पन्न बैठकले प्रमुख कार्यकारी नियुक्ति नभएसम्मको लागि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा चन्द्रकान्त काफ्लेलाई नियुक्त गरेको छ । सो जानकारी कम्पनीले बुधबार नेप्सेलाई गराएको छ ।

अर्को निर्णय नभएसम्मका लागि काफ्लेले  स्वावलम्वन लघुवित्तकाे कामू (एक्टिङ) सिइओको रुपमा जिम्मेवारी सम्हाल्नेछन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।