लघुवित्तको चुक्ता पूँजी पाँच करोड २५ लाख रुपैयाँ बढाएर १२ करोड २४ लाख रुपैयाँ पुर्याएको छ भने जगेडा कोषकाे रकम ४७ प्रतिशत बढेर चार कराेड ६८ करोड रुपैयाँ सञ्चित हुन पुगेकाे छ । यस अवधिमा उसले ६० करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरि एक अर्ब ६८ करोड ७४ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीको निक्षेप ६७ प्रतिशत तथा कर्जा लगानी ९० प्रतिशतले बढेको छ ।
लघुवित्तको कर्मचारी खर्च दुई करोड ८२ लाख र अन्य सञ्चालन खर्च एक करोड ७४ लाख पुगेको छ । लघुवित्तको कर्मचारी खर्च एक करोड ३९ लाख रुपैयाँ तथा अन्य सञ्चालन खर्च ५९ लाख ३५ हजारले बढेको हो ।
खुद व्याज आम्दानीमा भने लघुवित्तको ३९ प्रतिशतले बढाएर पाँच करोड ७६ लाख रुपैयाँ आर्जन गरेको छ । लघुवत्तले यस अवधिमा १३ कराेड पाँच लाख अाम्दानी गर्दा सात कराेड २८ लाख व्याज खर्च गरेकाे छ । उसले सञ्चालन नाफा दुई करोड ६६ लाख रुपैयाँ कमाएको छ ।
प्रतिशेयर आम्दानी वार्षिक २७ रुपैयाँ ७ पैसा कायम गरेको स्वरोजगारको निष्कृय कर्जा अनुपात ०.२३ प्रतिशत, मुल्य आम्दानीको अनुपात ६०.१० गुणा र प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ २४ पैसा छ ।