डिप्रोक्सको पूँजी वृद्धिको असर नाफामा, अधिकांश सूचकमा गिरावट

Feb 07, 2018 Merolagani

डिप्रोक्स लघुवित्त विकास बैंक (DDBL) को दास्रो त्रैमासमा अधिकांश सूचकमा गिरावट आएको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

अघिल्ला बर्षहरुमा प्रगतिउन्मुख वित्तीय विवरण सार्वजनिक गर्दे आएको लघुवित्त पूँजी वृद्धिको अनुपातमा कमाइ बढाउन सफल नहुँदा यस्तो अवस्थामा पुगेको हो । साथै काेषकाे लागत बढेर ९.४० प्रतिशत पुग्दा नाफा घटेकाे छ ।

 

लघुवित्तको खुद नाफा, खुद व्याज आम्दानी, सञ्चालन नाफा, प्रतिसेयर आम्दानी पूँजी कोष अनुपात, जगेडा कोष र नेटवर्थ समेत घटेको छ । यद्यपि लघुवित्तको चुक्त्ता पूँजी, निक्षेप संकलन र कर्जा लगानीमा भने वृद्धि आएको छ ।

डिप्रोक्सको यस अवधिमा खुद नाफा तीन करोड ४७ लाख घटेर ११ करोड २३ लाख रुपैयाँ मात्र कमाएको छ । गत बर्ष दाेस्राे त्रैमासकाे तुलनामा कम्पनीको पूँजी ४४ करोड ५१ लाख बढेर ७० करोड ३१ लाख कायम भएको भने जगेडा कोष १९ करोड ४८ लाख रूपैयाँ घटेर ३९ करोड ५६ लाखमा सीमित भएको छ ।

एक अर्ब ९७ करोड ९३ लाख निक्षेप संकलन गरि ६ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ कर्जा परिचालन गरेर २९ करोड ३५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । कम्पनीको व्याज आम्दानी एक करोड १६ लाख रुपैयाँले घटेको हाे ।

निष्कृय कर्जा अनुपातमा ०.८१ प्रतिशतमा राख्न सफल लघुत्तिले सम्भावित नोक्सानी व्यवस्थामा चार करोड ७९ लाख रुपैयाँ व्यवस्था गर्दा तीन करोड आठ लाख रुपैयाँ खराब कर्जा असुली गरेको छ ।

लघुवित्तको प्रतिसेयर आम्दानी ११४ रुपैयाँबाट ३१ रुपैयाँ ९४ पैसा कायम भएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ २८ पैसा र मूल्य आम्दानीको अनुपात २६.८ गुणा बढी रहेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।