आय आर्जनमा महिला कस्सिएपछि स्वदेश फर्किए पुरुष

Feb 07, 2018 Merolagani

भानुभक्त आचार्य । धनगढी । एक बर्ष अघिसम्म श्रीमान्सँग घरखर्च माग्ने धनगढी २ बैयाबेहेडिकी सीतादेवी चौधरी अहिले घर खर्चसँगै बालबालिको पढाई खर्चपनि आफैंले जुटाउन सफल भएकी छन् । जीवन भरि मजदुरीमै बित्यो चौधरीले भनिन् “अब छोराछोरीको लागि भएपनि केही गर्नुपर्छ ।”

घरको कामसँगै सामुहिक तरकारी खेतीले चौधरीसँगै स्थानीय २६ जना महिलाहरु अहिले आत्मनिर्भर बनेका छन् । चौधरीले स्वदेशमै राम्रो आम्दानी गर्न सफल भए पछि रोजगारी गर्न भारत पसेका श्रीमान् पनि स्वदेशमै फर्केर तरकारी खेती गर्न थालेका छन् ।

गरिबीको रेखामुनि रहेका अधिकांश नागरिकहरु दैनिक मजदुरी गरी गुजरा चलाउन बाध्य छन् कोही सस्तो मुल्यमा श्रम बेचिरहेका छन् । छोराछोरी पढाउन र घर ब्यवहार चलाउन मात्रै पनि सस्तो मुल्यमा मजदुरी गर्न बाध्य पश्चिम नेपालका विपन्न वर्गका परिवारहरु अहिले आफ्नै क्षेत्रमा पौरखले केही गर्नुपर्छ भन्न थालेका छन् ।  रोजीरोटीका लागि भारतसँगै तेस्रो मुलुक जानेहरुको संख्यामा पनि कमि आएको छ । विदेशी भूमिमा बगाउने पसिना आफ्नै भूमिमा संगाल्न सके कृषिबाटै मनग्य आम्दानी गर्न सकिने कैलालीस्थित चुरे गाउपालिका ५ खानीडाँडाकी शान्ति बोहोरा बताउँछिन् । बोहरा आफ्नै बलबुतामा आफ्नै क्षेत्रमा केही गर्न श्रीमान्लाई हौसला दिन्छिन् । “गर्जाे टार्नकै लागि मुगलान जानु पर्दाे रहेनछ, यहि पनि धेरै गर्न सकिँदो रहेछ ” उनले भनिन् “पौरख गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ ” ।

कैलालीको पहाडी गाउपालिका मोहन्यालकी स्थानीय शान्ति देवकोटा पनि बोहोरा झैं स्वदेशमै आत्मनिर्भर बन्न सकिने तर्क गर्छिन् । सात नम्बर प्रदेशको सात पहाडी जिल्लामा गरिबी र जनचेतनाको अभावमा अधिकांश नागरिक भारत पलाएन हुने गर्दछन् । तर पछिल्लो समय गाउँगाउँमा सहकारीमा आवद्ध भएर काम गर्दा स्थानिय महिला राम्रो कमाई गर्न सफल भएका छन् । सरकारीमा आवद्ध भएर महिलाहरुले कुखुरा पालन, बाख्रा पालन गरि आम्दानी गर्न सफल भएका छन् ।

थोरै रकम बचत गरेर पनि व्यापार व्यावसाय गर्न सकिने तथा व्यवसायिक बन्न सकिने भए पछि कैलालीका ग्रामिण क्षेत्रका महिलाहरुको पछिल्लो समय कृषि पेशा तर्फ आकर्षण बढेको छ । सहकारीको माध्यमबाट यहाँका सर्वसाधारणहरुको जीवनस्तर पनि सुध्रिदै गएको छ ।

केही बर्ष अघि सहकारीमै पसेर सानो लगानीबाट पसल संचालन गरेकी कंचनपुर पुर्नवास ११ कि प्रेमलता गौतम अहिले अरुलाई पनि रोजगारी दिने सफल भएकी छिन् । एक दशक अघि सामान्य एक समुहबाट बचत गरेर सहकारीको महत्व बुझेकी गौतमको हाल ९ वटा सहकारी संस्थामा आवद्ध छिन् । “मैले सहकारी विस्तारमा पनि ध्यान दिएको छु ” अहिले यस क्षेत्रमा महिलाहरु सामुहिक लगानीबाट सामुहिक ब्यवसाय गर्न प्रेरणा मिलेको छ ” उनले भनिन् ।

सहकारीबाट थोरै ब्यजादरमा रकम निकालेर आफ्नै ब्यवसायबाट मनग्य आम्दानि गर्ने पुर्नवासकी हेमा भट्टराईहाल लाखौंको लगानीमा पसल संचालन गरिरहेकी छिन् । शहकारी गाउँघरमा अहिले स–सानो रकम संकलन गर्ने, व्याजमा लगानी गर्ने तथा कृषि, व्यापार तथा व्यवसाय गर्ने राम्रो माध्यम बन्दै गएको छ । आवश्यक परेको सहज रकमको जोहो हुने र आम्दानी पनि गर्न सकिने भए पछि सहकारी तर्फ सर्वसाधारणको आकर्षण पनि बढ्दै गएको हो ।

कैलालीमा मात्रै अहिलेसम्म ६५२ सहकारी संस्था दर्ता भइसकेका छन् । जसमध्य ९७ ओटा सहकारी महिलाले नै सञ्चालन गरी रहेका छन् भने १ लाख २८ हजार भन्दा बढी महिला सहकारीमा आवद्ध भएका छन् । सहकारी मार्फत महिलाहरुमा सशक्तिकरण बढ्दै थाले पछि उनीहरु आत्मनिर्भर बन्दै गएका छन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।