लक्ष्मी बैंककाे तनहूँको म्याग्दे र सुनसरीको भोक्राहा गाउँपालीकामा शाखा विस्तार

Feb 07, 2018 Merolagani

लक्ष्मी बैंकले बुधबार दुर्इ शाखा िवस्तार गरेकाे छ । बैंकिङ पहुँच नपुगेकाे गाउँपालिकामा शाखा विस्तार गर्दे जाने नीति अनुरूप बैंकले तनहूँको म्याग्दे र सुनसरीको भोक्राहा गाउँपालीकामा एकैदिन आफ्नो दुई नयाँ शाखा संचालनमा ल्याएको हाे ।

थपिएका दुई शाखासँगै लक्ष्मी बैंकको शाखा संजाल ७६ पुगेको छ । त्यस्तै ३ वटा हस्पिटल सेवा काउन्टर, ९८ एटीएम, दुई हजार पाँच सयभन्दा बढी रेमिटेन्स् र चार सयभन्दा बढी मोबाईल एजेन्टहरु पुगेका छन् । 

यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।
आ.व. २०७३/७४ मा ५९.३२ अर्ब निक्षेप र ५२.७३ अर्ब कर्जा पु-याएको यस बैंकको वासलातको आकार ७०.९० अर्ब रहेको छ । सोही आ.व.मा बैंकले अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढी एक अर्ब बराबरको खुद मुनाफा आर्जन गर्न सफल भएको थियो ।

चालू आवको दोस्रो त्रैमाससम्म बैंकले ६० अर्ब २७ करोड निक्षेप संकलन तथा ५५ अर्ब दुई करोड अर्ब कर्जा लगानी गरि ५१ करोड ९२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको वासलातको आकार बढेर ७३.०९ अर्ब पुगेको छ भने प्रतिसेयर आम्दानी १३ रुपैयाँ २३ पैसा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।