एनसीसी बैंकले कावासोती र चनौलीमा खोल्यो शाखा

Feb 07, 2018 Merolagani

एनसीसी बैंक (NCCB) ले नवलपरासीको कावासोती नगरपालिका २, र चितवनको भरतपुर महानगरपालिका १८, चनौलीमा एक औपचारिक कार्यक्रमका बीच आफ्नो २ वटा शाखाहरु स्थापना गरेको छ ।

कावासोती शाखाको उद्घाटन गर्दै एनसीसी बैंकको संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले एनसीसीलाई नमुना बैंक बनाउन आफुहरु कृयाशील रहेको भन्दै गुनासो रहित कार्य सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी चनौली शाखाको उद्घाटन गर्दै बैंकका संचालक डा. कैलाश पतिन्द्र अमात्यले चनौली क्षेत्रका जनताको आर्थिक कृयाकलापमा बैंकले सहयोग पु-याउने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले चनौली क्षेत्रको समग्र आर्थिक विकासमा सहयोग पु-याउने उद्देश्यले शाखा संचालनमा ल्याएको उल्लेख गरे ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।