कालिका माईक्रोले लाभांस पारित गर्न बोलायो साधारणसभा, कार्यक्षेत्र विस्तार गर्ने

Feb 08, 2018 merolagani

कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक (KMCDB) ले गतबर्षको कमाईबाट प्रस्ताव गरेको लाभांस पारित गर्न आगामी फागुन ११ गते बार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले २१.२१ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ ।



साथै कम्पनीले १.१२ प्रतिशतका दरले नगद लाभांश दिने प्रस्ताव पनि साधारण सभामा लैजाने भएको छ । कम्पनीले ९ लाख २१ हजार ५३ रुपैयाँ नगद लाभांश दिने भएको छ ।

कालिकाले चुक्ता पुँजी ८ करोड २५ लाख रुपैयाँ छ । २१.२१ प्रतिशत बोनसपछि उसको पूँजी १० करोड रुपैयाँ पुग्नेछ ।

त्यस्तै संस्थाको नाम, ठेगाना र लागो परिवर्तन गर्ने तथा कार्यक्षेत्र विस्तार गरी राष्ट्रिय स्तरको बनाउने सम्बन्धमा पनि सभामा छलफल हुने कम्पनीले जनाएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ६५ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ ९९ पैसा छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।