बुटवल पावरको एफपिओमा संस्थागत लगानीकर्ताले पनि आवेदन दिन पाउने

Feb 08, 2018 merolagani

बुटबल पावर कम्पनी लिमिटेड (BPCL)  ले निष्कासन गरेको नयाँ साधारण सेयर (एफपीओ) मा संस्थागत लगानीकर्ताले पनि आवेदन गर्न पाउने भएका छन् । सर्वसाधारण लगानीकर्ताबाट मागअनुसार प्रर्याप्त आवेदन नपरेपछि संस्थागत लगानीकर्तालाई समेत आवेदन खुला गरिएको हो।



कम्पनीको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार शुक्रबारदेखि संस्थागत लगानीकर्ताले बुटवल पावरको एफपिओमा आवेदन दिन पाउने छन् । निरन्तर दोस्रो बजारमा कम्पनीको शेयरमूल्य घटेपछि कम्पनीको एफपिओमा लगानीकर्ताको आर्कषण कम देखिएको हो । अर्कातर्फ दश कित्ता अनिवार्य भएकाले अधिकांश लगानीकर्ताले दश कित्ताका लागि नै आवेदन दिएकाले पनि कम्पनीको करिब ४० प्रतिशत शेयरमा आवेदन पर्न नसकेको हो ।

बुटवल पावर कम्पनीले गत माघ १५ गतेदेखि ४० करोड ८१ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपिओको बिक्री खुलागरेको थियो , छिटोमा माघ १९ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो । तर कम्पनीले आवश्यक आवेदन नपरेपछि फागुन १५ गतेसम्म बिक्री खुला गर्ने यसअघि नै बताएको थियो ।

कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ४०१ रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता ५०१ रुपैयाँमा उक्त सेयर बिक्रीमा ल्याएको हो । यता दोस्रो बजारमा भने कम्पनीको शेयरमूल्य निरन्तर घट्ने क्रममा रहेको छ ।

लगानीकर्ताले एनएमबि क्यापिटल नागपोखरी, लक्ष्मी क्यापिटल बानेश्वर, बुटवल पावर कम्पनी, वुद्ध नगर तथा आस्वा सदस्य रहेका जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सकिनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।