नतिजा हेर्नका लागि मेरोलगानीको शिर्ष स्थानमा रहेको IPO>IPO RESULT मा गएर उन्नति माइक्रोफाइनान्स छनौट गरि आफ्नो हितग्राही खाता नम्बर राखेर नतिजा हेर्न सक्नुहुन्छ ।
मेरोलगानीको आंकलन अनुसार नै ६.१४ प्रतिशत आवेदकले मात्र सेयर प्राप्त गरेका छन् । लघुवित्तको साधारण सेयर माग गरेका कुल दुई लाख ४६ हजार ८९४ जनामध्ये दुई हजार ४६७ आवेदन रद्ध भएको छ ।
बाँडफाँड प्रकृयामा दुई लाख ४४ हजार ४२७ जनालाई सहभागि गराइएको थियो । यी मध्ये १५ हजार १५ जना सर्वसाधारणलाई गोलाप्रथाबाट १० कित्ताका दरले एक लाख ५० हजार १५० कित्ता सेयर बाँडफाँड गरिएको छ ।
लघुवित्तको सेयरमा ५२.३८ गुणा बढी रकमको आवेदन परेकाले योग्य आवेदकमध्ये दुई लाख २९ हजार ४१२ जनाले सेयर प्राप्त गर्न सकेनन् । त्यस्तै आवेदन प्रकृयामा भएको विविध त्रुटीका कारण दुई हजार ४६७ लगानीकर्तालाई बाँडफाँड प्रकृयामा सहभागि गराउन नसकिएको क्यापिटलले जनाएको छ ।
उन्नतिले निष्काशन गरेको कुल एक लाख ६५ हजार कित्ता सेयरमध्ये चार प्रतिशत अर्थात ६६०० कित्ता सेयर कर्मचारी र पाँच प्रतिशत अर्थात ८२५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ ।