समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन रकम दुई करोड ३० लाख बढाएर १७ करोड ५० लाख ५६ हजार रुपैयाँ पुर्याएको छ । कम्पनीको बीमा लेखकाे संख्या १३ हजार ४९५ बाट बढेर १८ हजार ७६७ पुगेको छ । नविकरण गरिएको बीमालेखको संख्या ९ हजार २०६ वटा रहेको छ ।
बीमा समितिले तोकेको चुक्ता पूँजी १६६ प्रतिशत हकप्रद जारी गरि कायम गरिसकेको कम्पनीको चुक्ता पूँजी एक अर्ब दुई करोड तथा ११ करोड ६८ लाख रुपैयाँको जगेडा कोष रहेको छ ।
दोस्रो त्रैमाससम्म कम्पनीले २५ प्रतिशतले बीमा कोषको आकार बढाएर ३५ करोड ६५ लाख कायम गरेको छ । कम्पनीले दुई हजार ९२ वटा दाबी भुक्तानीका लागि १४ करोड ७६ लाख २३ हजार रुपैयाँ खर्च गरेको छ । गत बर्ष कम्पनीले दुई हजार ४६३ वटा दाबी भुक्तानीका लागि २५ करोड ३४ लाख २६ हजार रुपैयाँ खर्च गरेको थियो ।
कम्पनीको दाबी भुक्तानी हुन बाँकी रकम भने गत बर्ष पाँच अर्ब ४४ करोड ४१ लाख रहेकोमा हाल चार अर्ब २९ करोड ९१ लाख रुपैयाँ मात्र भुक्तानी हुन बाँकी देखिन्छ । यस अवधिमा इन्स्योरेन्सले ५१ करोड ६४ लाख कुल बीमा शुल्क आर्जन गरेको छ जुन गत बर्षको यसै समयको भन्दा ९ करोड चार लाख कम हो ।
प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ८ पैसा रहेको कम्पनीको पूँजी वृद्धिको तुलनामा नाफा अनुपात बढ्न नसक्दा प्रतिसेयर आम्दानी बार्षिक ९ रुपैयाँ ९३ पैसामा झरेको छ । गत बर्ष कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ ९५ पैसा रहेको थियो ।