हकप्रद स्वीकृत भएसँगै देवः ले कसरी पुर्याउँदैछ राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी ?

Feb 09, 2018 Merolagani

देवः विकास बैंक (DBBL) ले धितोपत्र बोर्डबाट ४० प्रतिशत हकप्रद विक्री गर्न माघ २५ गते विहीबार स्वीकृती प्राप्त गरेको छ । बैंकले १० बराबर ४ कित्ता अनुपातमा ६५ लाख ३३ हजार १०८ दशमलव ५९ कित्ता हकप्रद सेयर विक्री गर्न अनुमति पाएको हो ।

देव: ले साझा विकास बैंक र युनियन फाइनान्स एक्वायरपछि कायम चुक्ता पूँजी एक अर्ब ६३ करोड रुपैयाँको ४० प्रतिशत हकप्रद जारी गर्न मंसिर १३ गते अनुमति मागेको थियो ।

एनआईबिएल क्यपिटल मार्केटले बैंकको हकप्रद विक्री गर्नेछ । हकप्रद पूँजीकरणपछि बैंकको चुक्ता पूँजी दुई अर्ब २८ करोड ६५ लाख रुपैयाँ नाघ्नेछ । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी दुई अर्ब ५० करोड कायम गर्न बैंकले यसअघि नै बोनस र हकप्रदको बाटो समातेको थियो ।

देवले दुबै संस्था एक्वायरअघि कायम चुक्ता पूँजी एक अर्ब ४४ करोड ४९ लाख रुपैयाँको १७.१० प्रतिशत बराबरको २४ करोड ७० लाख ७७ हजार ९०० रुपैयाँको बोनस वितरण गर्न कात्तिक २३ गते बुक क्लोज गरिसकेको छ । बोनसपछि बैंकको चुक्ता पूँजी दुई अर्ब ५३ करोड ३६ लाख पुग्नेछ ।

साथै देव २५० प्रतिशत हकप्रद जारी गर्ने प्रकृयामा रहेको साहारा विकास बैंकलाई समेत प्राप्ती गर्ने प्रकृयामा छ । हाल ७ करोड २९ लाख ९४ हजार ८०० रुपैयाँ चुक्ता पूँजी रहेको साहाराको हकप्रद पूँजीकरणपछि २५ करोड ५४ लाख ८१८ रुपैयाँ पूँजी भएको बैंक हुनेछ । युनियन र साझा विकास बैंकले घोषणा गर्ने बोनस र सहारा समेत प्राप्ती गर्दा बैंकको पूँजी थप बढ्नेछ ।

चालु आवको दोस्रो त्रैमासमा बैंकले १४ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक १७ रुपैयाँ २३ पैसा कायम गरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।