एनआईसी एशिया बैंकको बझाङ र धादिङ्ग शाखा विस्तार

Feb 09, 2018 Merolagani

एनआईसी एशिया बैंकको बझाङको चैनपुर र धादिङ्गको धादिङ्गवेशीमा दुर्इ नयाँ शाखा विस्तार गरेको छ ।जयपृथ्वी नगरपालिकाका मेयर बिरेन्द्रबहादुर खड्काले बझाङ र निलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाले धादिङ्गवेशी शाखाको उद्घाटन शुक्रबार गरेका हुन्।

उक्त नयाँ विस्तारित शाखा सहित यस बैंकले १७० शाखा कार्यालयहरु, १६८ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

साथै, बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने उद्देश्यले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।