नागबेली लघुवित्तले शतप्रतिशत हकप्रद जारी गर्न माग्यो अनुमति

Feb 10, 2018 Merolagani

नागबेली लघुवित्त (NBBL) ले एक बराबर एक कित्ता अनुपातमा हकप्रद जारी गर्न धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । लघुवित्तले माघ २३ गते मंगलबार हकप्रद जारी गर्न निवेदन पेश गरेको बोर्डले जनाएको छ । 

नागबेलीले गत बर्ष वितरण गरेको ४५.६० प्रतिशत बोनस कायम हुने चुक्ता पूँजी ७ करोड ६६ लाख ४६ हजार रुपैयाँ बराबरको नै हकप्रद जारी गर्न लागेको हो । जसका लागि कम्पनीले एनएमबि क्यापिटललाई हकप्रद निष्काशन तथा विक्री प्रबन्धक तोकेको छ ।

बोर्डमा आवेदन माग गरेको सात लाख ६६ हजार ४६३ दशमलव १५ कित्ता हकप्रद जारी पश्चात कम्पनीको चुक्ता १५ करोड ३२ लाख ९२ हजार रुपैयाँ पूँजी पुग्नेछ । लघुवित्तकाे गत मंसिर २५ गते सम्पन्न अाठाैं बार्षिक साधारण सभाले शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेकाे थियाे । 

चालू आर्थिक बर्षको प्रथम त्रैमासमा लघुवित्तले २५ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३९ पैसा कायम गरेको छ । कम्पनीको विहीबार प्रतिकित्ता सेयरमूल्य २३९४ रुपैयाँ रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।