विद्युत बिक्रीबाट हुने आम्दानी बढेपछि कम्पनीले नाफा बढाउन सफल भएको हो । यस अवधिमा कम्पनीले तीन करोड ६९ लाख ९५ हजार रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको छ । जुन गत बर्ष प्रथम त्रैमासको तुलनामा एक करोड ६२ लाख ३४ हजार बढी हो ।
कम्पनीको खर्च २८ लाख ९५ हजार रहेकाेमा अहिले वृद्धि भई ४३ लाख ९९ हजार पुगेपछि सञ्चालन नाफा भने घटेको छ । गत बर्षको तुलनामा सञ्चालन नाफा एक करोड ५८ लाख रुपैयाँले ह्रास आई तीन करोड २५ लाख ९६ हजार रुपैयाँमा खुम्चिएको छ ।
कम्पनीसँग खुद चालू सम्पत्ति ११ करोड ६५ लाख रहेको छ भने १० करोड ८१ लाख दायित्व रहँदा खुद चालू सम्पत्ति ८४ लाख २४ हजार रहेको देखिन्छ ।
२५ करोड ५१ लाख ५० हजार रुपैयाँ रहेको सेयर पूँजी बरुणको जगेडा कोषमा एक करोड ९१ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी बार्षिक १४ रुपैयाँ २० पैसा र प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ५२ पैसा छ ।
हाइड्रोपावर र होटल समूहमा प्रतक्ष्य नियमनकारी निकाय नहुँदा यी समूहका कम्पनीहरुको मनपरि अझै पनि उस्तै चल्दै गरेको स्पष्ट देखिन्छ । यी समूहमा प्रतक्ष्य नियमनकारी निकाय नहुँदा लगानीकर्ताहरुले कम्पनीको धेरै सूचना समयमा नै पाउन बञ्चित हुने गरेका छन् । यसमा सबै सरोकारवालाहरुकाे ध्यान जान जरुरी देखिन्छ ।