शुक्रबारसम्म दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका २१ वटा लघुवित्त कम्पनीहरुमध्ये नयाँ नेपाल लघुवित्त कम्पनी, आरएसडिसी, किसान माइक्रोफाइनान्स र सिभिल लघुवित्त कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ भन्दा कम रहेको छ ।
प्रतिसेयर आम्दानी सबैभन्दा कम ६ रुपैयाँ ८० पैसा रहेको नयाँ नेपाल लघुवित्तको सेयरमूल्य भने दुई हजार तीन सय रुपैयाँ रहेको छ । आरएसडिसी, किसान माइक्रोफाइनान्स र सिभिल लघुवित्त कम्पनीको सेयरमूल्य पनि ८२० रुपैयाँ माथि रहेको छ ।
प्रतिसेयर आम्दानी ६० रुपैयाँभन्दा बढी हुने तीन लघुवित्तमा स्वाबलम्बन, नेशनल र मिर्मीरे माइक्रोफाइनान्स रहेका छन् । मिर्मिरे जति नै प्रतिसेयर आम्दानी रहँदा स्वावलम्वनको सेयरमूल्य १३२१ रुपैयाँ छ भने मिर्मिरेको तीन हजार रुपैयाँ रहेको देखिन्छ ।
नेरुडे र फर्स्ट माइक्रोफाइनान्स जति नै प्रतिसेयर आम्दानी रहेका ग्लोबल आईएमई लघुवित्त (साविकको रिलायवल) र कालिका माइक्रोफाइनान्सको सेयरमूल्य एक हजार पाँच सय रुपैयाँ माथि रहेको छ । यी चारै कम्पनीको प्रतिसेयर आम्दानी १० भन्दा बढी २० रुपैयाँभन्दा कम रहेको छ ।
समता माइक्रोफाइनान्स, मेरो माइक्रोफाइनान्स र स्वरोजगार लघुवित्तको प्रतिसेयर आम्दानी र सेयरमूल्यमा पनि त्यस्तै अन्तर देखिन्छ । समताको सेयर कारोबार नियमित हुन नसकेका कारण सबैभन्दा कम ५९० रुपैयाँ रहेको छ । मेरो र स्वरोजगार बिच प्रतिसेयर आम्दानीमा ३ रुपैयाँ ५६ पैसाको अन्तर हुँदा सेयरमूल्य अन्तर ३१३ रुपैयाँ रहेको देखिन्छ । यी कम्पनीको प्रतिसेयर आम्दानी २० भन्दा बढी ३० रुपैयाँभन्दा कम रहेको छ ।
प्रतिसेयर आम्दानी ३० देखि ४० रुपैयाँ हुने लघुवित्त पाँच वटा छन् । यी कम्पनीमा पनि ३० रुपैयाँ प्रतिसेयर आम्दानी रहेको रुरल माइक्रोको सेयरमूल्य ६४४ रुपैयाँ मात्र रहेको छ भने ३९ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको महुली लघुवित्तको सेयरमूल्य प्रतिकित्ता दुई हजार ८४१ रुपैयाँ रहेको देखिन्छ ।
सेयर संख्या धेरै रहेको निर्धन उत्थानको सेयरमूलय प्रतिकित्ता ११८० रुपैयाँ मात्र रहँदा कम सेयरसंख्या रहेको वोमी माइक्रोफाइनान्सको सेयर प्रतिकित्ता १५७० रूपैयाँ रहेको छ । जबकी वोमीको भन्दा निर्धन उत्थानको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३२ पैसा बढी छ ।
थोरै सेयर संख्या रहेको लघुवित्तको प्रतिसेयर आम्दानी कम हुँदा पनि सेयरमूल्य उच्च देखिनुले के देखाउँछ भने यी कम्पनीकाे सेयरमूल्य चलेखल गरि बढाइने गरेको छ । साधारण लगानीकर्ताले यस्ता लघुवित्तको सेयर किन्नु अघि सबै विश्लेषण नगर्ने हाे भने जोखिम हुन्छ ।
किन्नै परेमा पनि हरेक पटक प्रतिसेयर आम्दानी क्रमश बढाउँदै लगेको र कम सेयरमूल्य रहेको लघुवित्त मात्र किन्नुपर्दछ । नत्र साधारण लगानीकर्ताले लघुवित्तकाे सेयरबाट नाफा हैन घाटा व्यहाेर्नुपर्ने निश्चित छ ।
मूल्य अाम्दानीकाे अनुपातमा कसकाे कस्ताे ?
चालू अावकाे दाेस्राे त्रैमासिक अवधिमा सबैभन्दा बढी निर्धन उत्थानले २६ कराेड रूपैयाँ खुद नाफा कमाएकाे छ भने सबैभन्दा कम नयाँ नेपालले अाठ लाख रूपैयाँ मात्र खुद नाफा कमाएकाे देखिन्छ । सबैभन्दा चुक्त्ता पूँजी र सबैभन्दा बढी नाफा कमाएकाे निर्धनकाे मूल्य अाम्दानी अनुपात २१.९० गुणा बढी छ तर सबैभन्दा कम चुक्त्ता पूँजी र कम नाफा कमाउने नयाँ नेपालकाे मूल्य अाम्दानी अनुपात सबैभन्दा बढी ३३८ गुणा रहेकाे देखिन्छ ।
पाँच लघुवित्तकाे मूल्य अाम्दानी अनुपात ३० गुणाा भन्दा कम रहेकाे छ भने तीन लघुवित्तकाे मूल्य अाम्दानी अनुपात एक सय भन्दा बढी रहेकाे छ ।
३० देखि ५० गुणाा बढी मूल्य अाम्दानी अनुपात हुने लघुवित्त ६ वटा रहेका छन् । सात लघुवित्तकाे मूल्य अाम्दानी अनुपात ५० भन्दा बढी र एक सय गुणा भन्दा कम रहेकाे देखिन्छ । मूल्य अाम्दानी अनुपात अथार्त पिइ अनुपात जति बढी भयाे त्यस्ता कम्पनीमा जाेखिम बढी रहने गर्दछ । बजारमा काराेबारी हाबी हुँदा छिटै मूल्य बढ्छ भने घट्दा पनि छिटै घट्न सक्दछ ।