नेपाल लाईफले सार्वजनिक गर्यो आकर्षक वित्तीय विवरण

Feb 11, 2018 merolagani

नेपालमा संचालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा सबल देखिदै आएको नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ) ले आफुलाई निरन्तर मजबुत बनाउदै लगेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरणले कम्पनीको बढ्दो प्रगतिलाई उजागर गरेको छ ।



नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा २७ करोड ९६ लाख खुद नाफा गरेको छ । यो मुनाफा गतबर्षको यसै अवधिको तुलनामा ८२.६९ प्रतिशत बढी हो । गतबर्षको यसै अवधिमा कम्पनीले १५ करोड ३० लाख मुनाफा गरेको थियो ।

कम्पनीले हाल सार्वजनिक गरेको मुनाफा बीमाकींय मुल्यांकन भन्दा अगाडिको हो । बीमाकींय मुल्यकांकन पश्चात कम्पनीको वास्तविक नाफा अझै बढी हुनसक्छ ।

बीमा समितिले तोकेको भन्दा बढी चुक्तापूँजी पु्र्याएको कम्पनीको जगेडाकोष, वीमाकोष तथा महाविपत्तीकोष समेत मजबुत बन्दै गएको छ । तीन अर्ब ९ करोड चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोषमा ५ अर्ब २ करोड रुपैयाँ छ । कम्पनीले जीवन विमा कोषमा ४५ अर्ब ६३ करोड तथा महाविपत्तीकोषमा ३२ करोड ५३ लाख जम्मा गरेको छ ।

कम्पनीले हालसम्म ५९ अर्ब ६० करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा मात्रै ७ अर्ब २२ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको जीवन बीमा लेखको संख्या १० लाख ८० हजार पुगेको छ । उसले यसअवधिमा २ अर्ब ३५ करोड दावी भुक्तानी गरेको छ भने ८३ कराेड ५४ लाख दावी भुक्तानी गर्न बाँकी छ ।

नेपाल लाईफको प्रति सेयर आम्दानी १८.०६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २७२.९३ रुपैयाँ र प्रतिसेयर कुल सम्पतिको मूल्य १७४७ रुपैयाँ छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।