रसुवागढीको आइपिओ फागुन ११ गतेदेखि खुल्ने,कति गर्न पाइन्छ आवेदन ?

Feb 11, 2018 Merolagani

पहिलो चरणमा संचयकोषका सञ्चयकर्ता र संस्थापक कम्पनीका कर्मचारीले मात्र पाउने

रसुवागढी हाइड्रोपावर कम्पनीले फागुन ११ गतेदेखि साधारण सेयर जारी गर्न आइतबार आह्वानपत्र प्रकाशित गरेको छ । कम्पनीले पहिलाे चरणमा ऋणदाता संस्थाका कमर्चारी र कर्मचारी सञ्चयकाेषमा रकम सञ्चित गर्ने कर्मचारीका लागि सेयर निष्काशन गरेकाे हाे । सर्वसाधारणका लागि भने कम्पनीले दाेस्राे चरणमा अाइपिअाे  निष्काशन गर्नेछ ।

कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक शेयरमा लगानी गर्ने कम्पनीहरु नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी, रसुवा जिल्लाका सम्बन्धित स्थानीय तहका कर्मचारी र कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि कुल एक करोड ६४ लाख २१ हजार ४० कित्ता सेयर जारी गर्न लागेको हो ।

निष्काशित सेयरमध्ये कर्मचारी सञ्चय कोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ता लागि एक करोड ३३ लाख ४२ हजार ९५ कित्ता र संस्थापक संगठित संस्थाका कर्मचारीका लागि २३ लाख ९४ हजार ७३५ कित्ता तथा ऋणदाता संस्थाका कर्मचारीका लागि ६ लाख ८४ हजार २१० कित्ता सेयर निष्काशन हुनेछ ।

सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ता र संस्थापक शेयरमा लगानी गर्ने नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी, रसुवा जिल्लाका सम्बन्धित स्थानीय तहका कर्मचारीहरुले न्यूनतम ५० कित्ता अर्थात पाँच हजार रुपैयाँ देखि १० अंकले भाग जाने संख्याको अधिकतम ५०० कित्ता अर्थात ५० हजार रुपैयाँसम्मको सेयर माग गर्न पाउनेछन् ।

कर्मचारी सञ्चयकोषमा काम गर्ने कर्मचारीहरुले भने न्यूनतम ५० कित्ता अर्थात पाँच हजार रुपैयाँ देखि
१० अंकले भाग जाने संख्यामा अधिकतम दुई हजार ५०० कित्ता अर्थात दुई लाख पचास हजार रुपैयाँसम्मको सेयर माग गर्न सक्नेछन् ।

साधारण शेयर निष्काशनको बिक्री प्रबन्धकमा यसअघि नै सिद्दार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । यस्तै सहायक बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड, ग्लोबल आइएमई लिमिटेड र एनआइबिएल क्यापिटल लिमिटेड चयन भैसकेका छन् ।

कसले कहिले गर्ने आवेदन ?

रसुवागढी हाईड्रोपावर कम्पनीले फागुन ११ गतेदेखि निष्काशन गर्न लागेको साधारण सेयर दुई चरणमा निष्काशन गर्न लागेको छ । आवेदन गर्न सहज बनाउनका लागि चरणवद्ध रुपमा मिति तोकिएको कम्पनीले जनाएको छ ।

यसअनुसार कर्मचारी सञ्चय कोषमा रकम सञ्चित गर्ने सबै सञ्चयकर्ताले फागुन ११ गतेदेखि ३० गतेसम्म (२० दिनभित्र) आवेदन गर्नुपर्नेछ । संस्थापक शेयरमा लगानी गर्ने कम्पनीहरु नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी, रसुवा जिल्लाका सम्बन्धित स्थानीय तहका कर्मचारी र ऋणदाता संस्था कर्मचारी सञ्चयकोषमा कार्यरत कर्मचारीले भने चैत ५ गतेदेखि १३ गतेसम्म (९ दिनभित्र) आवेदन गर्ने व्यवस्था गरिएको छ ।
आवेदकले धितोपत्र बोर्डले व्यवस्था गरे बमोजिम आस्वा सदस्यमा सहभागि सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट साधारण सेयरमा आवेदन गर्न सक्नेछन् ।

पहिलो चरणको साधारण शेयर निष्काशन गरेपछि दोस्रो चरणमा आयोजना प्रभावित रसुवाबासीलाई ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको १० प्रतिशत र सर्वसाधारणलाई एक अर्ब दुई करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको १५ प्रतिशत गरी एक अर्ब ७१ करोड ६५ लाख २५ हजार रुपैयाँको साधारण शेयर बिक्री गर्नेछ ।

यस्तो छ कम्पनीमा सेयर स्वामित्व

वि सं २०६८ साउनमा स्थापना भएको रसुवागढी हाईड्रोपावर कम्पनीको लगानी संरचना ५१ प्रतिशत संस्थापक र सर्वसाधारणको ४९ प्रतिशत सेयर लगानी रहेको छ । उक्त आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३, सञ्चयकर्ताको १९ दशमलव ५ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १८, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीय बासिन्दालाई १०, लगानीकर्ता कर्मचारी सञ्चय कोषका कर्मचारी तथा विद्युत् प्राधिकरण र कम्पनीका कर्मचारीको गरी ३ दशमलव ५ प्रतिशत र ऋणदाता संस्था (सञ्चयकोष) का कर्मचारीको १ प्रतिशत लगानी रहनेछ ।

 

पहिलो चरणमा अहिले निष्काशन हुने आईपिओबाट प्राप्त हुने रकमले सिभिल तथा हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल कार्य तथा १० किसिम लामो १३२ केभि ट्रान्सिमिसन लाईन निमार्णमा खर्च गरिने कम्पनीले जनाएको छ । यस आईपिओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी पाँच अर्ब १३ करोड १५ लाख ७५ हजार कायम हुनेछ । कम्पनीको जारी पूँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ रहेको छ ।

कूल १४ अर्ब ९३ करोड २० लाख ९० हजार रुपैयाँ लागत अनुमान गरिएको रसुवागढी जलविद्युत्त आयोजनाले रसुवा जिल्लामा कूल १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । नेपाल विद्युत्त प्राधिकरणसँग रसुवागढीले २०६८ कात्तिक २८ गते विद्युत्त खरिद सम्झौता गरिसकेको छ ।

यस आयोजनको पिपिए बर्षायाममा प्रति कि.वा. घण्टा ४.८० पैसा तथा हिँउदमा प्रति कि.वा. घण्टा ८.४० रुपैयाँमा भएको छ । यो मूल्य व्यापारिक उत्पादन शुरु भएको मितिले एक बर्ष पूरा भएको एक महिनापछि बर्षमा तीन प्रतिशतका दरले आठ पटक सम्म मूल्यवृद्धि हुने प्रावधान रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।