नेपाल स्टक एक्सचेञ्जले कम्पनीले जारी गर्न लागेको हकप्रदलाई समायोजन गरि समायोजित सेयरमूल्य प्रतिकित्ता ९११ रुपैयाँ निर्धारण गरेको छ । यहि मूल्यलाई आधार मानेर लघुवित्तको सेयर कारोबार खुला भएको छ ।
कम्पनीको १८० दिनको सेयर कारोबारका आधारमा औसत आधारमूल्य ७५७ रुपैयाँ कायम भएको छ ।
हकप्रद विक्री गर्न कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । चार करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको ७० प्रतिशत हकप्रद पूँजीकरण पश्चात सात करोड ५६ लाख रुपैयाँ पुग्नेछ ।
चालु आवको दोस्रो त्रैमासमा एक करोड एक लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरि सूर्योदयले प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ७१ पैसा कायम गरेको छ ।