साञ्जेन जलविद्युत्त कम्पनीको आईपिओ, कसले गर्न पाउँछ अावेदन ?

Feb 11, 2018 Merolagani

साञ्जेन जलविद्युत्त कम्पनी (SJCL) ले पनि रसुवागढीले विक्री सुरु गरेकै दिनदेखि ८७ लाख ६० हजार कित्ता साधारण सेयर विक्री गर्ने भएको छ । फागुन ११ गतेदेखि साधारण सेयर जारी गर्न कम्पनीले आइतबार आह्वानपत्र प्रकाशित गरेको छ ।

पहिलो चरणमा निष्काशन गर्न लागिएको यस अाईपिओमा सञ्चयकर्ता र कम्पनीको संस्थापक सेयरमा ऋण लगानी गर्ने संस्थाका कर्मचारीले मात्र आवेदन गर्न पाउनेछन् । सर्वसाधारण लगानीकर्ता र स्थानियका लागि अर्को चरणमा साधारण सेयर निष्काशन गरिने कम्पनीले जनाएको छ ।

साञ्जेनले जारी गर्न लागेको आईपिओमा कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता भएको दिन २०६८ मंसिर २२ गतेसम्म बहाल रहेका र विवरणपत्र स्वीकृत मिति गत मंसिर २६ गतेसम्म थप भएका कर्मचारी सञ्चयकोष कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताले आवेदन गर्न पाउनेछन् । २०६८ मंसिर २२ गतेभन्दा अगाडि र गत मंसिर २६ गतेभन्दा पछाडि सञ्चय गर्ने सञ्चयकर्ताले भने यस सेयरमा आवेदन गर्न पाउनेछैनन् ।

त्यस्तै कम्पनीको संस्थापक सेयरमा ऋण लगानी गर्ने संस्थाहरु नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी, रसुवा जिल्लाका सम्बन्धित स्थानीय तहका कर्मचारी र ऋणदाता (कर्मचारी सञ्चयकोष) का कर्मचारीका लागि साधारण सेयर जारी गर्न लागेको हो ।

जारी गर्न लागिएको सेयरमध्ये कर्मचारी सञ्चय कोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ता लागि ७१ लाख १७ हजार पाँच सय कित्ता, ऋणदाता संस्था (कर्मचारी सञ्चयकोष) का कर्मचारीका लागि ३ लाख ६५ हजार कित्ता सेयर र संस्थापक सेयरधनी संस्थाका कर्मचारी (नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी, रसुवा जिल्लाका सम्बन्धित स्थानीय तहका कर्मचारी) लाई १२ लाख ७७ हजार ५०० कित्ता सेयर जारी हुनेछ ।

सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ता र संस्थापक शेयरमा लगानी गर्ने नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी, रसुवा जिल्लाका सम्बन्धित स्थानीय तहका कर्मचारीहरुले न्यूनतम ५० कित्ता अर्थात पाँच हजार रुपैयाँ देखि १० अंकले भाग जाने संख्याको अधिकतम ३०० कित्ता अर्थात ३० हजार रुपैयाँसम्मको सेयर माग गर्न पाउनेछन् ।

कर्मचारी सञ्चयकोषमा काम गर्ने कर्मचारीहरुले भने न्यूनतम ५० कित्ता अर्थात पाँच हजार रुपैयाँ देखि १० अंकले भाग जाने संख्यामा अधिकतम एक हजार कित्ता अर्थात एक लाख रुपैयाँसम्मको सेयर माग गर्न सक्नेछन् ।

साधारण शेयर निष्काशनको बिक्री प्रबन्धकमा यसअघि नै नागरिक लगानी कोष
नियुक्त गरिएको छ । यस्तै सहायक बिक्री प्रबन्धकमा सनराइज क्यापिटल, ग्लोबल आइएमई क्यापिटल, एनएमबि क्यापिटल, सिभल क्यापिटल र प्रभु क्यापिटल लिमिटेड नियुक्त भैसकेका छन् ।

यस्ताे छ साधारण सेयरमा अावेदन गर्ने तालिका

साञ्जेन जलविद्युत्त कम्पनीले फागुन ११ गतेदेखि निष्काशन गर्न लागेको साधारण सेयर दुई चरणमा निष्काशन गर्न लागेको छ । आवेदन गर्न सहज बनाउनका लागि चरणवद्ध रुपमा मिति तोकिएको कम्पनीले जनाएको छ । यो सेयर बाँडफाँड भएको मितिले तीन बर्षसम्म धितोपत्र बजारको दोस्रो बजारमा खरिद विक्री गर्न बन्देज लगाइएको छ ।

यसअनुसार कर्मचारी सञ्चय कोषमा रकम सञ्चित गर्ने सबै सञ्चयकर्ताले फागुन ११ गतेदेखि ३० गतेसम्म (२० दिनभित्र) आवेदन गर्नुपर्नेछ । संस्थापक शेयरमा लगानी गर्ने कम्पनीहरु नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी, रसुवा जिल्लाका सम्बन्धित स्थानीय तहका कर्मचारी र ऋणदाता संस्थाका (कर्मचारी सञ्चय कोषमा कार्यरत) कर्मचारीले भने चैत ५ गतेदेखि १३ गतेसम्म (९ दिनभित्र) आवेदन गर्ने व्यवस्था गरिएको छ ।

आवेदकले धितोपत्र बोर्डले व्यवस्था गरे बमोजिम आस्वा सदस्यमा सहभागि सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट साधारण सेयरमा आवेदन गर्न सक्नेछन् । लगानीकर्ताले धितोपत्रको विक्री प्रबन्धक र सबै सहायक विक्री प्रबन्धकबाट कम्पनीको विवरण पत्र प्राप्त गर्न सक्नेछन् ।

पहिलो चरणको साधारण शेयर निष्काशन गरेपछि दोस्रो चरणमा आयोजना प्रभावित रसुवाबासीलाई ३६ करोड ५० लाख रुपैयाँ बराबरको १० प्रतिशत र सर्वसाधारणलाई ५४ करोड ७५ लाख रुपैयाँ बराबरको १५ प्रतिशत गरी ९१ करोड २५ लाख रुपैयाँको साधारण शेयर बिक्री गर्नेछ ।


यस्तो छ कम्पनीमा सेयर स्वामित्व

वि. सं २०६६ माघमा स्थापना भएको साञ्जेन जलविद्युत्त कम्पनी लगानी संरचना ५१ प्रतिशत संस्थापक र सर्वसाधारणको ४९ प्रतिशत सेयर लगानी रहेको छ । उक्त आयोजनामा संस्थापकहरुमध्ये चिलिमे जलविद्युत् कम्पनीको ३९.३६ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १०.३६, रसुवाको स्थानिय तहका कर्मचारीलाई १.२८ प्रतिशत सेयर स्वामित्व छ ।

साधारण सेयरतर्फ सञ्चयकर्ताको १९ दशमलव ५ प्रतिशत, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीय बासिन्दालाई १०, लगानीकर्ता कर्मचारी सञ्चय कोषका कर्मचारी तथा विद्युत् प्राधिकरण र कम्पनीका कर्मचारीको गरी ३ दशमलव ५ प्रतिशत र ऋणदाता संस्था (सञ्चयकोष) का कर्मचारीको १ प्रतिशत लगानी रहनेछ ।

हाल एक अर्ब ८६ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको साञ्जेनको यस आईपिओ निष्काशन पश्चात दुई अर्ब ७३ करोड ७५ लाख चुक्ता पूँजी पुग्नेछ । कम्पनीको जारी पूँजी तीन अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

तत्कालिन समयमा कूल ७ अर्ब २४ करोड ३१ लाख रुपैयाँ लागत अनुमान गरिएको साञ्जेन जलविद्युत्त आयोजनाले रसुवा जिल्लामा साञ्जेन (माथिल्लो) जलविद्युत्त आयोजना १४.८ मेगावाट तथा साञ्जेन जलविद्युत्त आयोजना ४२.५ मेगावाट क्षमताको निर्माण गरिरहेको छ । दुबै आयोजनाको एकमुष्ट लागत १२ करोड ६४ लाख अनाुमान गरिएको छ ।

नेपाल विद्युत्त प्राधिकरणसँग साञ्जेन (माथिल्लो) जलविद्युत्तको २०६८ असोज २३ गते तथा साञ्जेन जलविद्युत्तको २०६८ मंसिर १८ गते विद्युत्त खरिद सम्झौता सम्पन्न भैसकेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।