शिव श्री हाइड्रोपावरको १४ लाख ७६ हजार कित्ता आइपिओ बाेर्डकाे पाइपलाइनमा

Feb 11, 2018 Merolagani

शिव श्री हाइड्रोपावर कम्पनीले १४ लाख ७६ हजार चार सय कित्ता साधारण सेयर निष्कासन गर्न नियामक निकाय धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । कम्पनीले अाइपिअाे जारी गर्न माघ २४ गते निवेदन दर्ता गराएकाे हाे ।

हाइड्रोपावर कम्पनीले एक सय रुपैयाँ दरमा आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय बासिन्दालाई लागि १४ लाख ७६ हजार चार सय कित्ता सेयर जारी गर्न लागेको हो । 

साधारण सेयर जमरी गर्न कम्पनीले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

सन् २००६ मा स्थापना भएको शिव श्री हाइड्रोपावरले सिन्धुपाल्चोकमा २२.२ मेगावाटको जलविद्युत आयोजना निर्माणको काम सम्पन्न गर्ने चरणमा रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।