एनएमबि माइक्रोको नाफामा गिरावट,जगेडा कोषमा उच्च बढोत्तरी

Feb 12, 2018 Merolagani

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था (NMBMF) को गतबर्षको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफामा २५ लाख ४८ हजारले रुपैंयाँले कमी आएको छ । ब्याज खर्च, कर्मचारी खर्च तथा प्रशासनिक खर्च लगायतको भएको वृद्धिले कम्पनीकोे नाफामा कमी आएको हो ।

संस्थाको नाफा २ करोड ७ लाखबाट घटेर एक करोड ८१ लाख रुपैंयामा झरेको छ । कम्पनीको नाफा घटेपनि जगेडाकोषमा ५ करोड २१ लाखले वृद्धि भएको छ । गत आर्थिक वर्षमा संस्थाको जगेडा कोषमा ४ करोड २२ लाख थियो भने यस अवधिमा ९ करोड ४३ लाख रुपैंयाँ पुगेको छ ।

त्यस्तै कर्मचारी खर्च ३ करोड ३६ लाखबाट बढेर ५ करोड ७ लाख पुगेको छ भने ६१ लाख रुपैंयाँले अन्य खर्चमा बृद्धि भएको छ । त्यसैगरी यस अवधिमा यस माइक्रोफाइनान्सको लागत ६.२६ प्रतिशतबाट बढेर ९.६० प्रतिशतमा पुगेको छ ।

यस अवधिमा १७ करोड ८१ लाख ब्याज आम्दानी गरेको माइक्रोफाइनान्सले ब्याजका लागि ९ करोड ७० लाख खर्च गरेर ८ करोड ११ लाख रुपैंयाँ खुद ब्याज आम्दानी गरेको छ । यस अवधिमा २७ करोड ९२ लाख निक्षेप बढेर ५३ करोड ५३ लाख निक्षेप पु¥याएको संस्थाले २ अर्ब १ करोड ८९ लाख रुपैंयाँ कर्जा प्रवाह गरेको छ ।

एनएमबि माइक्रोफाइनान्सको शेयर पूँजी ९ करोड ३१ लाखबाट १४ करोड रुपैंयाँ पुगेको छ भने खराब कर्जा १.१० प्रतिशतबाट बढेर २.३३ प्रतिशतमा पुगेको छ । त्यस्तै प्रतिशेयर आम्दानी २५ रुपैंयाँ ७९ पैसा रहेको छ भने तरलता अनुपात १५.६५ प्रतिशत छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।