एनएलजिको खुद बीमा शुल्क आर्जनमा गिरावट, दाबी भुक्तानी ७६ करोड बाँकी

Feb 12, 2018 merolagani

निर्जीवन बीमा कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनी (NLG) को खुद बीमा शुल्क आर्जनमा गिरावट आएको छ । गत आर्थिक बर्षको दोस्रो त्रैमासमा ३८ करोड ७४ लाख खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक बर्षको यही अवधिमा ३६ करोड ५६ लाख मात्र खुद बीमा शुल्क आर्जन गरेको छ ।

चालु आर्थिक वर्षको दाेस्राे त्रैमासमा इन्स्योरेन्सले ३६ करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ भने १४ करोड ४७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । पुर्नबीमा कमीशनबाट १० करोड आम्दानी गरेको कम्पनीले लगानी तथा कर्जाबाट २ करोड ९४ लाख आम्दानी गरेको छ ।

खुद बीमा शुल्कमा कमी आएपनि पुनबीमा कमिशन आय बढेपछि कम्पनीको खुद नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा ६.३५ प्रतिशतले बढेको छ । गत आवको यस अवधिमा ७ करोड ३७ खुद नाफा कमाएको कम्पनीको नाफा ७ करोड ८५ लाख पुगेको हो । इन्स्योरेन्को खुद नाफा ४६ लाख ८६ हजार रुपैंयाँले बढी हो ।

५१ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले १७ करोड ७५ लाख रुपैयाँको जगेडा कोष बनाएको छ भने बीमा कोषमा ६२ करोड ६ लाख रुपैयाँ राखेको छ । उसको महाविपत्तीकोषमा ४ करोड २१ लख रुपैयाँ छ ।
कम्पनीले एक हजार ८८१ वटा वीमा दाबी बापत ७६ करोड १६ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।

प्रतिसेयर आम्दानी ३० रुपैयाँ ६६ पैसा रहेको इन्स्योरेन्सको प्रति सेयर नेटवर्थ २६४.०३ रुपैयाँ, तरलता अनुपात १.७८ प्रतिशत र मुल्यआम्दानी अनुपात ४४ दशमलव ५२प्रतिशत रहेको छ ।

कम्पनीले प्रस्ताव गरेको २५ प्रतिशत बोनस समायोन हुन बाँकी छ । यो हुँदा कम्पनीको प्रतिसेयर आम्दानी अझै कम हुने छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।