फर्स्ट माइक्रोको ५० प्रतिशत हकप्रद फागुन १८ देखि बिक्रीमा आउने

Feb 12, 2018 Merolagani

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FMDBL) ले ५० प्रतिशत हकप्रद फागुन १८ गतेदेखि बिक्रीमा ल्याउने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २२ करोड ८१ लाख ३१ हजार ३०० रुपैयाँ बराबरको २२ लाख ८१ हजार ३१३ कित्ता शेयर निष्कासन गर्ने भएको हो ।



कम्पनीले हकप्रद प्रयोजनका लागि माघ ९ गते सेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । माघ ८ गतेसम्म कायम शेयरधनीले फागुन १८ गतेदेखि चैत २३ गतेसम्म हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।

हाल ४५ करोड ६२ लाख ६३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको फर्स्टको हकप्रद जारी पश्चात ६८ करोड ४३ लाख ९४ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

हकप्रदमा बिक्री प्रबन्ध ग्लोबल आईएमई क्यापिटल, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड काठमाडौं उपत्यकाभित्र ज्ञानेश्वर काठमाडौं र उपत्यका बाहिर उर्लाबारी मोरङ, भरतपुर चितवन तथा नेपाल धितोपत्र बोर्डबाट अास्वा सेवा प्रदान गर्न अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।