ओरियन्टल होटलको व्यापार बढेपछि नाफामा सामान्य सुधार

Feb 12, 2018 merolagani

ओरियन्टल होटलले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ११ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीको नाफा गत बर्षको यसै अवधिको भन्दा एक करोड ५६ लाख बढी हो । गत वर्षको यहि अवधिमा १० करोड १९ लाख रुपैयाँ थियो।




सेवा बिक्री मार्फत होटलले ४६ करोड ७६ लाख रुपैयाँ कमाई गरेको छ । जून गतबर्षको भन्दा दुई करोड बढी हो । कम्पनीको अन्य आम्दानी सामान्य बढेको छ भने कर्मचारी खर्च पनि बढेको छ । कम्पनीको सापट तथा कर्जा पनि बढेको छ ।

कम्पनीले यसअवधिमा ३१ करोड २६ लाख खर्च गरेको छ । गतबर्ष यस्तो खर्च ३० करोड ७५ लाख थियो ।

होटलको प्रतिशेयर आम्दानी १२.४३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०१.१५ रुपैयाँ छ।

होटलको चुक्ता पूँजी ९३ करोड ४२ लाख रुपैयाँ छ भने जगेडा कोषमा ९४ करोड ६३ लाख रुपैयाँ जम्मा भएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।