प्राइम लाइफको १६० प्रतिशत हकप्रद स्वीकृत

Feb 12, 2018 Merolagani

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी (PLIC) ले धितोपत्र बोर्डबाट १६० प्रतिशत हकप्रद विक्री गर्न अनुमति पाएको छ । बोर्डले माघ २८ गते आईतबार कम्पनीलाई हकप्रद विक्री गर्न अनुमति दिएको हो ।

प्राइम लाइफले एक बराबर एक दशमलव ६ कित्ता अनुपातमा ६१ लाख दुई हजार एक कित्ता हकप्रद सेयर जारी गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धकको जिम्मेवारी प्रदान गरेको छ ।

इन्स्यारेन्सले हाल कायम पूँजीको ३२.५ प्रतिशत र १६० हकप्रदले समेत पाउने गरि समायोजित बोनसदर १२.५ प्रतिशत वितरण गर्ने प्रस्ताव गरिसकेको छ ।

हकप्रद बिक्री र बोनस सेयर पूँजीकरण पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्राइमले ११ करोड ५१ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ७६ पैसा कायम गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।