पुर्नबीमा कमिसनले एभरेष्ट इन्स्योरेन्सको नाफा बढ्यो, जगेडा कोषमा गिरावट

Feb 12, 2018 merolagani

एभरेष्ट इन्स्योरेन्स (EIC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अर्थात पुष मसान्तसम्ममा २ करोड ३७ लाख रुपैयाँमा खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद नाफा करिब १५ प्रतिशतले धेरै हो । गतबर्ष कम्पनीले २ करोड ७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । समिक्षा अवधिमा कम्पनीले व्यवशायको आकारमा भने उल्लेख्य बढोत्तरी गरेको छ ।

कम्पनीको यसअवधिमा ६ करोड ३९ लाख खुद बिमा शुल्क आर्जन गरेको छ । गत वर्ष खुद बिमा शुल्क आर्जन ५ करोड २५ लाख ६० हजार रुपैयाँ मात्र थियो । कम्पनीको पुर्नबीमा कमिसन आय भने ह्वात्तै बढेको छ । गत वर्षको यही अवधिमा १ करोड ५१ लाख रहेको पुनर्बिमा कमिसन आय यो वर्ष ५ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।

दोस्रो त्रैमाससम्म कम्पनीले कुल ३ करोड ८८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । यसअवधिमा कम्पनीले ७७६ वटा बीमालेखको दाबी भुक्तानी गरेको छ । कुल दाबी भुक्तानी हुन बाँकी रकम भने २२ करोड ६९ लाख रुपैयाँ छ ।

कम्पनीले समिक्षा अवधिमा ११ करोड ३६ लाख ८४ हजार रुपैंयाको बीमाशुल्क आर्जनलाई बढाएर २६ करोड ६८ लाख ८ हजार रुपैंयामा पुर्याएको छ । यस क्रममा उसले जारी गरेको ७ हजार ७६२ वटा बीमालेखलाई बढाएर १७ हजार ७०६ वटा बनाएको छ ।

चुक्ता पुँजी १३ करोड ३६ लाख ५० हजार रहेको एभरेष्टको जगेडाकोषमा ७ करोड ८९ लाख रुपैयाँ छ । गतबर्ष उसको जगेडाकोषमा १४ करोड २० लाख थियो । कम्पनीको बीमा कोषको रकम भने ९ करोडबाट बढेर १८ करोड ७८ लाख रुपैयाँ छ ।

एभरेष्टको प्रतिसेयर आम्दानी (वार्षिक) ३५ रुपैयाँ ५७ पैसा र प्रतिसेयर नेटवर्थ ३५५ रुपैयाँ ४९ पैसा छ ।

बीमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउन यो इन्स्योरेनसले ६०० प्रतिशतको हकप्रदको प्रस्ताव सोर पनि बीमा समितिले निर्देशन पछि कम्पनीले ५१ प्रतिशत संस्थापक सेयर कायम गरेर मात्र अपुग पूँजी पुग्नेगरी हकप्रद सेयर जारी गर्ने भएको छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।