इन्स्योरेन्सले गत आर्थिक वर्षको पुस मसान्तमा ५५ करोड रुपैंया चुक्ता पूँजी लिएर १ करोड ९७ लाख ८१ हजार रुपैयाँ खुद नाफा गरेको थियो । अहिले इन्स्योरेन्सले ५९ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी बनाएर ३ करोड ८२ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
समीक्षा अवधिमा कम्पनीले जगेडा कोषको आकार १८ करोड २४ लाख रुपैंयाबाट १२ करोड ३५ लाख रुपैयाँ झरेकाे छ । जीवन बीमा कोषमा ३ अर्ब ५६ करोड रुपैयाँ सञ्चित गरेको इन्स्योरेन्सले ५५ करोड ६५ लाख १४ हजार रुपैंयाको खूद बीमाशुल्क आर्जन गरेको छ ।
३१६ वटा बीमा दाबी भुक्तान गरेको इन्स्योरेन्सले ७४ लाख २४ हजार रुपैयाँ बराबरको ५२ वटा बीमा दाबी भुक्तानी गर्न बाँकी छ । इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८८ पैसा छ भने मूल्य आम्दानी अनुपात ७४.०४ गुणा बढी छ । कम्पनीले आगामी असार मसान्तसम्ममा चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुर्याउनुपर्ने हुन्छ ।