बैंकमा निक्षेप राखेर एचआइडिसिएलले कमायो ५९ करोड रुपैयाँ, खुद नाफा कति ?

Feb 12, 2018 Merolgani

जलविद्युत् लगानी तथा विकास कम्पनी (HIDCL) ले चालु आवको दोस्रो त्रैमाससम्म विभिन्न बैंकमा ९ अर्ब ६५ करोड रुपैयाँ निक्षेप राखेर नै ५९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको यसै अवधिको तुलनामा २८ करोड बढी हो ।

यस अविधमा कम्पनीले एक अर्ब सात करोड रुपैयाँ विभिन्न व्यावसायमा प्रवाह गरेको ऋणबाट पाँच करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको छ । लाभांश आम्दानी एक करोड १६ लाख र शूल्क तथा कमिशनबाट ६४ हजार आम्दानी गरेको छ । कम्पनीले २६ करोड ४२ लाख रुपैयाँ काबेली इनर्जीमा ऋण लगानी गरेको छ भने ५३ करोड २० लाख लगानी गरेको छ ।

कम्पनीको निक्षेपको ब्याज आम्दानीमा आएको उल्लेख्य बढोत्तरी कारण खुद नाफामा ९५.८७ प्रतिशत अर्थात २० करोड ३९ लाख बृद्धि भएर ४१ करोड ६६ लाख ७० हजार खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीको खुद नाफा २१ करोड २७ लाख रहेको थियो ।

त्यसैगरी यस अवधिमा कम्पनीले २ करोड ३५ लाख खर्च गरेको छ । कम्पनिको सञ्चालन आय गत बर्ष दोस्रो त्रैमासमा ३० करोड ४१ लाख रहेकोमा १११.४१ प्रतिशतले वृद्धि भई ६६ करोड ६३ लाख पुगेको छ ।

१० अर्ब शेयर पूँजी रहेको यस कम्पनीका जगेडा कोषमा ९० करोड ६६ लाख सञ्चित रहेको छ । कूल ११ अर्ब ७६ करोड ६५ लाखको सम्पत्ति तथा ८५ करोड ९९ लाख रुपैयाँको दायित्व कम्पनीमा रहेको देखिन्छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैंयाँ ३३ पैसा रहेको छ । यस कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैंयाँ ०७ पैसा रहेको छ । यस कम्पनीले सरकारी पहलमा निमार्ण गरिएको विद्युत् उत्पादन कम्पनीमा चार प्रतिशत अर्थात १३.२ करोड रुपैंयाँ लगानी गरेको उल्लेख छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।