समिक्षा अवधिमा लघुवित्तले दुई अर्ब ७७ करोड १३ लाख रुपैयाँ निक्षेप संकलन गरि ६ अर्ब ४९ करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट १२ करोड व्याज आम्दानी बढाएपनि व्याज खर्च १३ करोड ७५ लाख बढेपछि कम्पनीको खुद ब्याज आम्दानी एक करोड ६८ लाख रुपैयाँ घटेर ३१ करोड पाँच लाख रुपैयाँमा खुम्चिएको छ ।
आम्दानी शिर्षक घटेर खर्चमा बढोत्तरी हुुँदा लघुवित्तको खुद नाफा १४ करोड ५४ लाख ४९ हजार रुपैयाँ मात्र आर्जन गरेको छ । अन्य सञ्चालन आम्दानी एक करोडबाट पाँच करोडमा वृद्धि भएपछि सञ्चालन नाफा भने २० करोडबाट बढाएर २२ करोड ८५ लाख रुपैयाँ पुर्याएको छ ।
हाल २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको फरवाडले गत बर्ष ५० प्रतिशत बोनस वितरण गरेको छ । बोनसपछि भने कम्पनीको पूँजी ३० करोड पुग्नेछ । लघुवित्तको खराब कर्जा अनुपात ०.६७ प्रतिशत रहेको छ ।
फरवार्डको प्रतिसेयर आम्दानी बार्षिक १४५ रुपैयाँ ४४ पैसा, प्रतिसेयर नेटवर्थ ४५१ रुपैयाँ ४५ पैसा र मूल्य आम्दानी अनुपात २३ गुणा बढी रहेको छ ।