नेपाल बैंकले एफपिओ प्रस्ताव सहित फागुन २५ गते डाक्यो साधारण सभा

Feb 13, 2018 Merolagani

सरकारको स्वामित्व ६२ प्रतिशत रहको नेपाल बैंक (NBL) ले प्रिमियम मूल्यमा थप नयाँ साधारण सेयर (एफपिओ) निष्कासन गर्ने प्रस्ताव सहित फागुन २५ गते ५८ औं वार्षिक साधारणसभा डाकेको छ ।

बैंक संचालक समितिले हाल कायम रहेको चुक्ता पूँजीमा एफपिओ जारी गरि नेपाल सरकारको स्वामित्व ५१ प्रतिशतमा झार्ने एफपिओ जारी गर्ने भएको हो । 

बैंकले हाल सरकारको कायम रहेको सरकारको सेयर संख्या नघट्ने गरि एक अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८०० रुपैयाँ बराबरको एफपिओ निष्कासन गर्ने भएको हो । एफपिओ पश्चात बैंकको बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता चुक्ता पूँजी आठ अर्ब चार करोड २६ लाख रुपैँया रहेको छ ।

एफपिओपछि कायम हुने पूँजीमा सरकारको सेयर स्वामित्व ६२ बाट घटेर ५१ प्रतिशत कायम हुने भने सर्वसाधारणको ३८ प्रतिशतबाट बढेर ४९ प्रतिशत पुग्नेछ । सरकारको सेयर विनिवेश गर्दा प्रकृया झण्झटिलो हुने भएकाले एफपिओ मार्फत सरकारको सेयर स्वामित्व घटाउन लागिएको हो ।

सभाले एफपिओको निष्काशन गर्न अपनाउनुपर्ने सम्पूर्ण विधि, प्रकृया र मूल्य निर्धारण, धितोपत्र निष्कासन गर्ने बिक्री प्रवन्धक तोक्ने लगायतका प्रक्रिया अगाडि बढाउन संचालक समितिलाई अख्तियारी दिने भएको छ ।

त्यस्तै गत आर्थिक वर्षको वासलात पारित गर्नेदेखि लेखा परिक्षक नियुक्ती गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गर्नेछ । सधारणसभा प्रयोजनको लागि बैंकले फागुन ९ देखि २५ गतेसम्म बैंकले बुक क्लोज गर्ने जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।