कम्पनीले यसअवधिमा १२ करोड ८८ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको खुद बीमा शुल्क आय २१ प्रतिशतले बढी हो । जसले पुनर्बिमा कमिसनबाट १ करोड ३८ लाख आम्दानी गरेको छ ।
दोस्रो त्रैमाससम्म कम्पनीले कुल ३ करोड ४३ लाख ८४ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।
चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ पुगेको कम्पनीको रिजर्भ कोषमा १ अर्ब ९८ करोड रुपैयाँ छ । यसैगरी, बीमा कोषमा एक अर्ब २६ करोड राखेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) १३९ रुपैयाँ ७० पैसा र प्रतिसेयर नेटवर्थ ८४३ रुपैयाँ ११ पैसा छ ।