मल्टीपर्पस फाइनान्सको नाफा झण्डै पाँच गुणा घट्यो

Feb 14, 2018 Merolagani

मल्टीर्पपस  फाइनान्स (MPFL) को खुद नाफामा झण्डै पाँच गुणा बढी घटेको छ । कम्पनीले गत बर्ष यसै अवधिमा ५८ लाख ७४ हजार खुद नाफा आर्जन गरेकोमा १२ लाख ६७ हजार रुपैयाँमा सीमित भएको हो ।

यस अवधिमा फाइनान्सले १९ करोड ९ लाख निक्षेप संकलन गरि १९ करोड ६५ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ । कम्पनीको निक्षेप तीन करोड ६० लाख र कर्जा दुई करोड ७५ लाख रुपैयाँले बढेको हो । 

कम्पनीको व्याज आम्दानी एक करोड ६१ लाखले घटपछि खुद व्याज आम्दानी एक अर्ब २५ लाखबाट ३९ लाखमा खुम्चिएको छ । त्यस्तै सञ्चालन नाफामा पनि गिरावट आएको छ । सञ्चालन नाफा ८४.९५ प्रतिशतले घटेर १२ लाख ६७ हजार रुपैयामा सीमित भएको छ । कम्पनीले कर्मचारी बोनस र करका लागि कुनै रकम छुट्टाएको छैन ।

फाइनान्सको चुक्ता पूँजी चार करोड १४ लाख रुपैयाँमा स्थिर रहँदा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ११ पैसामा झरेकाे छ । जगेडा कोष भने ४७ लाख बढेर एक करोड ७९ लाख रुपैयाँमा कायम भएको छ ।

निष्कृय कर्जा अनुपात उच्च अर्थात ५.०८ प्रतिशत रहेको कम्पनीले कोषको लागत ११.१५ प्रतिशत रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।