प्रभु बैंकको शाखा महोत्तरी जिल्लाको एकडारामा

Feb 14, 2018 Merolagani

प्रभु बैंकले महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नं. १ मा बुधबारदेखि नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राज नारायण पाठकले उक्त शाखाको उद्घाटन गरेका छन् ।

प्रभुले संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्ने उदेश्यका साथ शाखा विस्तार गरेको जनाएको छ । 

कार्यक्रमका प्रमुख अतिथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राज नारायण पाठकले नयाँ शाखाको उद्घाटन गर्दे शाखा विस्तारले त्यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध हुने बताए ।

बैंकले गाउँ गाउँमा बैंकिङ्ग पहुँच पुर्याउने क्रममा स्थापना हुने शाखाले सम्बन्धित शाखाका स्थानीय सर्व-साधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनुका साथै समग्र आर्थिक विकासमा टेवा पुग्नेछ विश्वास बैंकको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।