हिमालयन बैंक लिमिटेडको आकर्षक नगद फिर्ता योजना

Feb 14, 2018 Merolagani

हिमालयन बैंकले आफ्ना ग्राहकलाई आकर्षक नगद फिर्ता योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत, बैंकका ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डको माध्यमबाट सामानहरु खरिद गर्दा १०% सम्म नगद फिर्ता पाउनेछन् ।

यो योजनामा सहभागी हुन ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डबाट नेपालका कुनै पनि पोइन्ट अफ सेल (पीओएस) मेशिन वा अनलाइनबाट सामानहरु खरिद गर्नुपर्ने हुन्छ ।

योजना अन्तर्गत ग्राहकले पोइन्ट अफ सेल (पीओएस) मेशिनबाट सामान खरिद गर्दा ५% र अनलाइन बाट सामान खरिद गर्दा १०% सम्म नगद फिर्ता पाउने छन् ।

उक्त नगद फिर्ता योजनामा बैंकले ग्राहकहरुको खातामा नेपाली महिनाको अन्त्यमा नगद फिर्ता गर्ने बैंकले जनाएको छ ।

नेपालको बैंकिङ्ग क्षेत्रमा एटिएम सुरुवात गर्ने पहिलो बैंक हिमालयन बैंक हो । यस बैंकका मुलुक भर ९५ वटा भन्दा धेरै एटिएम काउन्टरहरु र ३ हजार भन्दा धेरै पीओएस मेशिनहरु संचालनमा छन् । यो योजना कुनै पनि नेपाली अनलाईन प्रणाली वा कुनै पनि बैंकको पीओएस मेशिनहरुबाट सामान खरिद गर्दा लागु हुनेछ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।