एफपिओ बिक्री गरेको प्रिमियर इन्स्योरेन्सको यस्तो आयो प्रगति विवरण

Feb 15, 2018 merolagani

यसै आर्थिक बर्षमा साढे ६ लाख कित्ता एफपिओ बिक्री गरेको प्रिमियर इन्स्योरेन्स (PIC) ले दोस्रो त्रैमासमा नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । पुष मसान्तसम्ममा ५ करोड ४१ लाख रुपैया खुद नाफा कमाएको कम्पनीको नाफा गतबर्षको यसै अवधिको भन्दा २३.१२ प्रतिशत कम हो ।

गत आवको सोही अवधिमा प्रिमियरले ७ करोड ३ लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीको व्यवस्थापन खर्च लगायतका खर्च बढेपछि नाफा कम भएको हो । 

कम्पनीको नाफा घटेपनि यसअवधिमा कम्पनीको खुद बीमा शुल्क ३५ करोड बाट ४० करोड पुगेको छ । कूल बीमा शुल्क ६५ करोड बाट बढाएर ७७ करोड पुर्याएको छ । यसअवधिमा कम्पनीले पुनर्बीमा कमिशन बापत ८ करोड ४९ लाख आर्जन गरेको छ ।

समीक्षा अवधिमा कम्पनीले १८ करोड ५३ लाख बराबरको खुद दाबी भुक्तानी गरेको छ भने अभिकर्ताका लागि २ करोड ५७ लाख कमिशन खर्च गरेको छ ।

कम्पनीको चुक्तापूँजी ४४ करोड ८५ लाख रुपैयाँ छ । जसमा केही समय अघि बिक्री गरेको एफपिओ पूँजीकृत गरिएको छैन । कम्पनीको जगेडा कोषमा समेत २० करोड ३८ लाख, बीमा कोषमा ३६ करोड ७४ लाख तथा महाविपत्ती कोषमा ३ करोड २८ लाख छ । यो सबै कोषको आकार बढेको छ ।

कम्पनीले ८५ करोड २६ लाख बराबरको कुल दाबी भुक्तानी गरेको छ । अझै कम्पनीले ३ हजार ६६२ बीमा लेखको एक अर्ब १३ करोड दाबी भुत्तानी गर्न बाँकी रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २४ रुपैयाँ १२ पैसा, प्रतिसेयर नेटवर्थ २३४ रुपैयाँ ६९ पैसा र मूल्य आम्दानी अनुपात ५७.२४ गुणा धेरै छ ।

 कम्पनीले एफपीओले समेत पाउनेगरी गतबर्षको कमाईबाट १३.५२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । अहिले इन्स्योरेन्सको चुक्ता पूँजी ४४ करोड ८५ लाख  छ । एफपीओ पूजीकृत गर्दा कम्पनीको चुक्ता पूँजी ५१ करोड ४४ लाख ६० हजार रुपैयाँ पुग्नेछ । जसको १३.५२ प्रतिशत बोनसपछि कम्पनीको पूँजी ५८ करोड नाघ्ने छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।