नेप्सेको सूचिकरणमा ११० कम्पनी ‘क’ वर्गमा, कुन कुन परे ?

Feb 15, 2018 merolagani

नेपाल स्टक एक्सचेञ्चमा सूचिकृत २०६ वटा कम्पनीहरुमध्ये ११० कम्पनी नेप्सेको सूचिकरणमा  ‘क’ समूहमा परेका छन् । नेप्सेका अनुसार वाणिज्य बैंक समूहबाट २७, अन्य समूहबाट २, जलविद्युत समूहबाट ५, होटल समूहबाट २, बीमा समूहबाट १६, वित्त समूहबाट ११, विकास बैंक समूहबाट २१ र माईक्रोफाइनान्स समूहबाट २६ कम्पनीहरु ‘क’ वर्गमा परेका छन्।



नेप्सेले धितोपत्र सूचिकरण विनियमावली,२०५३ को विनियम १४ को उपविनियम(२) ले व्यवस्था गरेको शर्त अनुसार सूचिकृत कम्पनीहरुको वर्गिकरण गरेको जनाएको छ ।

नेप्सेले चुक्ता पँुजी कम्तिमा २ करोड भएको, साधारण शेयरधनीहरुको संख्या कम्तिमा १००० भएको, कम्तिमा तीन वर्ष देखि लगातार मूनाफामा रहेको, शेयरको किताबी मूल्य चुक्ता मूल्य भन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र उक्त आर्थिक वर्षको कारोबार तथा आय–व्यय विवरण पेश गरेको) पूरा गर्ने कम्पनीहरुलाई नेपाल स्टक एक्सचेन्जले ‘क’ वर्गमा वर्गीकृत गर्दै आएको छ ।

आर्थिक बर्ष २०५३/'५४ देखि सूचिकृत कम्पनीहरुको वर्गीकरण गरिने प्रक्रिया आरम्भ भए अनुसार आ.व. २०७४ मा १११ कम्पनीहरु ‘क’ वर्गमा वर्गीकृत भएकोमा आ.व. २०७४/७५ मा ११० वटा कम्पनीहरु ‘क’ वर्गमा वर्गीकृत भएका छन ।

‘क’ वर्गमा सूचिकृत भएका कम्पनीहरु यसप्रकार रहेका छन् ।


comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।