इच्छुक लगानीकर्ता तथा कम्पनीले बिहीबार बैकिङ समयभित्र बिक्री प्रबन्धक सिबिआर्इएल क्यापिटल बाटुलेघर डिल्लीबजारमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
यो लिलामी सेयरमा आवेदन दिने न्यूनतम मूल्य भने २१० रुपैयाँ तोकिएको छ भने यसभन्दा बढी मूल्यमा न्यूनतम एक सय कित्तादेखि अधिकतम लिलामीमा ल्याइएको सम्पुर्ण कित्ताका लागि आवेदन दिनसक्नेछन् ।
प्राप्त बोलपत्र फागुन ६ गते बिक्री प्रबन्धक सिबिआईएल क्यापिटल बाटुलेघर, डिल्लीबजारमा बिहान १० बजे खुला गरिने जनाइएको छ ।
यस लिलामी सकार्नेले बैंकले विक्री गर्ने ५० प्रतिशत हकप्रद समेत भर्न पाउनेछ । बैंकको ५० प्रतिशत हकप्रद (२ करोड ३३ लाख ९५ हजार २९१ कित्ता ) हाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेको छ ।
चुक्ता पूँजी चार अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासमा ३५ करोड ४५ लाख खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १० रुपैयाँ २४ पैसा कायम गरेको छ ।