यसअनुसार फागुन १० गते बुधबारसम्म कायम रहेका सेयरधनीले मात्र लाभांश पाउनेछन् । साधारण सभामा बैंकले ५ प्रतिशत बोनस र ५ प्रतिशत नै नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । साे प्रस्ताव माघ १८ गते सम्पन्न बैंक सञ्चालक समितिकाे २५४ औं बैठकले गरेको थियो ।
बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्स प्राप्तीपछि कायम चुक्ता पुँजी ७ अर्ब ६७ करोड ९४ लाख रुपैयाँको पाँच प्रतिशत अर्थात ३८ करोड ३९ लाख ७३ हजार ९२ रुपैयाँको बोनस सेयर विरण गर्नेछ ।
साे बोनस विरण गर्न सेञ्चुरीको नाफाबाट ३१ करोड ३५ लाख ५४ हजार ३२७ रुपैयाँ, अल्पाईनबाट ५ करोड ९८ लाख ३१ हजार ५६५ रुपैयाँ र सेतीबाट १ करोड ५ लाख ८७ हजार २०० रुपैयाँ बाँड्ने बैंकको प्रस्ताव छ ।
त्यस्तै, ५ प्रतिशत बराबरको ३८ करोड ३९ लाख ७३ हजार ९२ रुपैयाँ नगद लाभांश समेत प्रस्ताव छ । प्रस्तावित बोनस बैंकको सातौ बार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ । बोनसपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ६ करोड ३४ लाख ३४ हजार रुपैयाँ पुग्नेछ ।
चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ३२ करोड ५१ लाख रुपैयाँ र प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४७ पैसा रहेको छ ।