दाङको घोराहीमा आईएमई जनरल इन्स्योरेन्स

Feb 15, 2018 Merolagani

आइएमई जनरल इन्स्योरेन्सले दाङको घोरहीमा शाखा बिस्तार गरेको छ । इन्स्योरेन्सले शाखा बिस्तारको क्रममा २७ औं शाखा बिस्तार गरेको हो । इन्स्योरेन्सको नयाँ शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल तथा सदस्यहरु भरतराज आचर्य र ध्रुव राज श्रेष्ठले गरेका हुन् ।

शाखा बिस्तार कार्यक्रममा महासंघ उपाध्यक्ष ढकालले कम्पनीलाई शुभकामना दिदैं जनतालाई सर्वसुलभ रुपमा बीमा सेवा प्रदान गर्न आग्रह गरेका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त श्रेष्ठले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गर्ने बताएका थिए । कम्पनीका नायव महाप्रबन्धक शरण रेग्मीले बीमा कम्पनीले आफ्ना ग्राहकलाई सहज रुपमा बीमा सेवा प्रदान गर्न सार्वजनिक विदाको दिनमा पनि सेवा प्रदान गर्ने गरी प्रधान कार्यालयन नक्शाल खुल्ला राखिएको बताएका थिए ।

बीमा कम्पनीले नयाँ शाखा बिस्तार भएसँगै २७ वटा शाखा, ४ वटा उपशाखा तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ४१ स्थानबाट बीमा सेवा प्रदान गर्दै आएको छ । कम्पनीले निकट भविष्यमा नै थप १३ शाखा तथा उपशाखा कार्यालयहरु खोलेर ५४ स्थानबाट सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।