कालिका पावरको आईपिओमा आवेदन गर्ने आज अन्तिम दिन

Feb 18, 2018 merolagani

कालिका पावर कम्पनीले आयोजना प्रभावित गोरखा जिल्लाका स्थानीय बासिन्दालाई निष्कासन गरेको आइपिओमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । हाइड्रोले गत माघ २१ गतेदेखि एक सय रुपैयाँ अंकित दरको ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता साधारण सेयर (आईपिओ) निष्काशन गरेकोे थियोे ।

कम्पनीका अनुसार गोरखा जिल्लाको तत्कालीन मुच्चोक गाविस, सौरपानी, ताकुमाझ लाकुरीबोट, मसेल, श्रीनाथकोट, ताप्ले, नारेश्वर र गोरखा नगरपालिका वडा नं ४, ५ र १३, अजिरकोट गाँउपालिका वडा नं ४र ५ तथा ६, भीमसेन गाउपालिका वडा नं १, सीरानचोक गाँउपालिका वडा नं ७ र गोरखा नगरपालिका वडा नं २, ३, ४, ५, ६ र ७ का बासिन्दाका लागि ४० प्रतिशत शेयर बिक्री गर्ने छ । ती गाविसका जनताले २ लाख ४० हजार कित्ता शेयर पाउनेछन् ।

गोरखा जिल्लाका अन्य बासिन्दाका लागि ६० प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता शेयर छुट्याइएको छ । उक्त आइपिओमा न्यूनतम १० कित्ता अर्थात एक हजार रुपैयाँदेखि र अधिकत्तम ३ हजार कित्ता अर्थात तीन लाख रुपैयाँसम्मको आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले कालिका पावर कम्पनी आयोजना स्थल चनौटे गोरखा, साँग्रिला डेभलपमेन्ट बैंकको गोरखा शाखा, आरुघाट शाखा, घ्याम्पेसाल शाखा, पालुङटार र छेवेटार शाखाबाट सेयर भर्न सक्नेछन् । कम्पनीको आयोजना स्थल र साँग्रिला डेभलपमेन्ट बैंकको गोरखा जिल्लाका शाखाहरुबाट मात्र सेयर भर्न मिल्नेछ । यसमा आस्वाबाट सेयर भर्ने व्यवस्था गरिएको छैन ।

६० करोड रुपैयाँ अधिकृत पूँजी रहेको कालिका पावरले पहिलो चरणमा आयोजना प्रभावित बासीन्दालाई ६ करोडको साधारण सेयर जारी पश्चात दोस्रो चरणमा सर्वसधारण र कर्मचारीलाई गरी १२ करोडको १२ लाख कित्ता आईपीओ जारी गर्नेछ ।

कम्पनीको आईपिओले इक्रा नेपालबाट ग्रेड फोर रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको समग्र अवस्थााई हेर्दा आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

कालिका पावरले गोरखा जिल्लामा ६ मेगावाटको दरौंदी ‘ए’ साना जलविद्युत आयोजना सञ्चालन गरेको छ । कम्पनीले प्राथमिक सेयरबाट उठेको रकम ठकेदार र अल्पकालिन कर्जा भुक्तान गर्न प्रयोग गर्ने र केही रकम दिर्घकालिन कर्जा भुक्तानीको लागि प्रयोग गरिने बताइएको छ ।

आइपिओ जारी गर्न कम्पनीले काठमाडौं क्यापिटल मार्केट र ग्लोबल आइएमई क्यापिटलले संयुक्त रुपमा बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।